चीनले निकै सस्तो मूल्यमा विदेशबाट तेल किनेकाले समुद्रमा ट्यांकरहरूको ट्राफिक जाम नै भएको छ । चीन अहिले अमेरिकापछि तेलको सबभन्दा ठूलो ग्राहक हो । उसले ५९ वटा जहाजमा ७ करोड ३० लाख ब्यारल तेल ल्याएको क्लिपरडेटा नामक संस्थाले जनाएको छ । त्यो भनेको पृथ्वीकै मागको तीन चौथाइ तेल हो ।
अहिले चीन आइपुगेका तेलका ब्यारलहरू मार्च र अप्रिल महिनामा किनिएका हुन् । त्यतिखेर महाव्याधिका कारण तेलको मूल्य निकै घटेको छ । अमेरिकामा कच्चाको तेलको मूल्य शून्यभन्दा कम भएको थियो ।
चीनको भण्डारण मे महिनाको अन्त्यदेखि लगभग चौगुणा बढेको क्लिपरडेटाको आँकडा छ । सन् २०२० को पहिलो त्रैमासिकको मासिक औसतभन्दा त्यो सात गुणा बढी हो ।
ऊर्जा बजार संकटमा हुँदा चीनले बार्गेनिङ गर्नका लागि समुद्रमा तेल थुपारेको हो । सीएनएनबाट



