पहिलो चरणको स्थानीय तहको निर्वाचनमा काठमाडौंपछि चर्चामा छ– चितवनको भरतपुर महानगरपालिका । चर्चाको कारण हो– वर्तमान सरकारका प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेणु दाहाल । भरतपुरमा माओवादी केन्द्रलाई नेपाली कांग्रेसले सघाएको छ । यो तालमेललाई नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीचको तालमेलभन्दा पनि दाहाला र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको सत्ता स्वार्थको तालमेलका रुपमा हेरिएको छ, र सत्य पनि त्यही हो ।

माओवादी केन्द्रकी नेतृ रेणुलाई जिताउन भन्दा पनि प्रचण्डको छोरीलाई जिताउनुपर्ने बाध्यतामा देखिएका छन्, दुबै पार्टीका नेता तथा कार्यकर्ताहरु । युद्धकालदेखि नै राजनीतिमा सक्रिय रेणुले मेयरको टिकट लिएर मैदानमा आउनु कुनै अस्वभाविक बिषय होइन, तर अस्वभाविक बिषय चाँही के हो भने प्रचण्ड र देउवाले सकेसम्म शक्ति परिचालन गर्नु हो ।

दुबैजना यसरी लागेका छन् कि मानौं– चुनाव यही मात्रै हुँदैछ । खासगरी दाहालको सबै ध्यान नै यसबेला भरतपुरतिर छ । चुनावी सभामा देउवालाई लिएर गएको घटना होस् वा मतदानको एक दिन अघि नै गएर व्यापक चलेखल गरेको घटना होस् । दाहालको ध्यान अरुतिर भन्दा पनि भरतपुरमा छ र देउवाको ध्यान पनि त्यतै छ । स्थानीय तहको निर्वाचनकै समयको प्रचारसभाहरुमा देउवा कँही गए त त्यो भरतपुर हो ।

निर्वाचत परिणामसँगै नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीको विजयको सम्भावना बढेको छ । सुरुदेखी ज्ञावलीले अग्रता लिएका छन् । निकै फराकिलो अग्रता छ एमालेको । तर, एमालेका कार्यकर्ताहरुले सम्भावित षड्यन्त्रहरुको आकंलन गर्दै खबरदारी पनि गर्न थालेका छन् । उनीहरुले दोस्रो संबिधानसभामा भएको सिराहा र सुनसरी काण्ड दोहोरिन सक्ने भन्दै खबरदारी गरिरहेका छन् ।

दोस्रो संबिधानसभामा सुनसरीमा एमालेका भगवती चौधरीलाई हराएर विजय गच्छादारलाई जिताएको दाबी एमाले कार्यकर्ताहरुको छ । यस्तै सिराहामा लिला श्रेष्ठलाई हराएर प्रचण्डलाई जिताएको एमाले कार्यकर्ताहरुको दाबी छ । यस्तो घटना दोहोरिन सक्ने भन्दै अखिलका सचिव वासिम आलम लेख्छन्, ‘हिजोको दिनमा सिरहामा लिला श्रेष्ठ, सुनसरीमा भगवती चौधरी, को जितलाई पनि हारमा परिणत गर्नेहरु सावधान ।’ यस्तै एमालेका सुभेच्छुक रबि उप्रेति लेख्छन्, एमाले जनहरु जाग्गै बस्नुहोस्, लिला श्रेष्ठ र भगवती चौधरीलाई जस्तो देवी ज्ञवालीलाई पनि षड्यन्त्र गर्न सक्छन् ।

प्रचण्ड चितवन जादै
यसैबिच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार चितवन जाने भएका छन् । छोरी रेणुदाहाल मतपरिणममा कमजोर देखिदै गएका बेला उनी शुक्रबार बिहान चितवन जान लागेका हुन् । कृषि तथा बन विश्वविद्यालयको भवन उद्घाटनमा जान लागेपनि उनको चासो मतपरिणामसँग पनि जोडिएको छ । चितवनमा उनले माओवादी केन्द्रका कार्यकर्तासँग पनि मतदानको समिक्षा गर्ने उनको सचिवालयले जनाएको छ ।

के हो भरतपुर राजनीति

दाहालको भविष्य खोजी र परीक्षण
माओवादी केन्द्रका अध्यक्ष दाहाल जुन नारा र सपनाले सशस्त्र युद्ध शुरु गरेपनि अब संसदीय राजनीतिमा आइसके । अब उनको सामुन्ने संसदीय स्पर्धा बाहेक अरु विकल्प छैन । संसदीय राजनीतिमा सुरक्षित निर्वाचन क्षेत्र पहिलो शर्त हो । यसअघि उनले जितेका क्षेत्रहरुबाट फेरि चुनाव लड्ने र जित्ने संभावना दाहालका लागि न्यून छ । किर्तिपुरमा माओवादीको अवस्थाबारे धेरै बताइ रहनु परेन, ०७० को चुनावमा कांग्रेसले जित्यो र अहिले त्यो नगरमा एमालेले । सिराहामा उनले जित्ने कुनै संभावना छैन । अब विकल्प के त ? हो, बाँकी विकल्प भरतपुर बनाउने नै हो ।

यदि, भरतपुरमा छोरी जिताउन सके आफ्नो निर्वाचन क्षेत्र बन्नेमा उनी विश्वस्त देखिन्छन् । उनको राजनीतिक यात्राको सुरुवात पनि यही भरतपुर पेरिफेरीबाट शुरु भएको थियो । यसर्थ, फेरि उनी त्यही जाने मनसायमा छन् । जसको परीक्षणका रुपमा उनले छोरी जिताउन सबै अस्त्र प्रयोग गरिरहेका छन् ।

देउवाको सत्ता स्वार्थ
भरतपुर कांग्रेसको बलियो क्षेत्र हो । तत्कालीन पार्टी सभापति सुशील कोइरालाले यही क्षेत्रबाट चुनाव जितेका थिए । देउवा यो क्षेत्र माओवादी खूशी पार्न दाहाललाई बुझाउने योजनामा छन् । दाहाल खूशी भए प्रधानमन्त्रीको सहज बाटो तय हुने उनको बुझाई छ । रेणुलाई जिताउन सके दाहाल देउवाप्रति ऋणी हुनेछन् । यो देउवाका लागि लाभकै विषय हो ।
तर, चितवनमा बसेर सुन्दर राजनीतिक भबिष्यका सपना देखिरहेका कांग्रेसीजनलाई चाँही यो असाध्यै पीडादायक छ । रेणु र दाहालको राजनीति सुरक्षित गरिरहँदा चितवनका कांग्रेसीहरुको भने असुरक्षित यात्रा तय हुनेछ ।

विवेकले जित्छ कि आदेशले ?
भरतपुरमा कांग्रेस र माओवादी केन्द्रको केन्द्रीय योजना परीक्षण हुँदैछ । थुप्रै कारणले भरतपुरका कांग्रेसहरु असन्तुष्ट छैनन् । तर, अहिले यस्तो बाध्यता आइलागेको छ कि उनीहरुले दुश्मन मानेकालाई जिताउनुपर्नेछ, केन्द्रीय ह्वीप छ । स्वयम् पार्टी सभापति मैदानमै उत्रेर आदेश दिएका छन्– रेणु दाहालले हारे, पार्टीभित्र मूल्याङ्कन गरिनेछ । रेणु हारे भरतपुरका स्थानीय कांग्रेसीहरुको पनि हार हुनेछ, देउवा डायरीको ‘ब्याड लिस्ट’मा उनीहरुको नाम उल्लेख हुनेछ । केन्द्रको नियन्त्रणमा भरतपुर नरहेको सन्देश जानेछ । अव, उनीहरु विवेक प्रयोग गरे वा आदेश केही दिनभित्रै थाहा हुनेछ ।

सुरेन्द्र पाण्डेको प्रतिष्ठा
नेकपा एमालेका प्रभावशाली नेता सुरेन्द्र पाण्डे त्यहीका हुन् र माओवादी–कांग्रेस गठबन्धनका उमेद्वारसँग स्पर्धा एमालेको छ । भरतपुरमा राम्रो प्रभाव राख्ने देवी ज्ञवालीले रेणु दाहालसँग स्पर्धा गर्दैछन् । र, गठबन्धनका उमेद्वारलाई पराजित गर्ने ज्ञवालीको दावी छ । यदि, प्रधानमन्त्री दाहाल र सभापति देउवाले प्रतिष्ठाकै विषय मानेको भरतपुरमा एमाले उमेद्वार ज्ञवाली विजय भएभने पाण्डेको उचाई र आयतन राष्ट्रिय राजनीतिमा बढ्नेछ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah