काठमाडौं। ब्राजिलमा कोरोना भाइरसका संक्रमितहरूको संख्या १६ लाख नाघेको छ। यहाँ गएको २४ घन्टायता मात्र २६ हजारभन्दा बढी संक्रमित थपिएका छन्। २४ घण्टामा यहाँ ६०२ जनाको ज्यान गएको बताइएको छ।

ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको समाचारअनुसार यहाँ मृत्यु हुने व्यक्तिको संख्या ६४ हजार ८६७ जना पुगेको छ। दुई दिनअघि मात्र ब्राजिलले ३८ हजारजना नयाँ संक्रमित थपिएको जनाएको थियो। सोही दिन कोरोना भाइरसबाट एक हजारभन्दा बढीको ज्यान गएको बताइएको थियो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

ब्राजिल कोरोना भाइरसबाट नागरिकको ज्यान जानेमा विश्वको सबैभन्दा दोस्रो ठूलो देश बनेको छ। यहाँ संक्रमण बढ्दो रूपमा देखिएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्। रासस