भारतको झारखण्डमा बच्चा चोरको आरोपमा ६ जनाको हत्या गरिएको छ । गाउँबाट बच्चा चोर्न लागेको हल्लाका आधारमा गाउँलेहरुले ६ जनालाई कुटपिट गरी हत्या गरिएको बीबीसीले जनाएको छ ।

झारखण्डको दुई गाउँमा नौलो अपरिचित व्यक्तिलाई बच्चा चोर भएको आरोपमा गाउँलेले कुटपिट गरेर हत्या गरेका हुन् ।

भारतीय संचार माध्यमहरुका अनुसार ४ दिन पहिले पनि यस्तै हल्लाको आधारमा दुईजनाको हत्या गरिएको थियो ।

झारखण्डको प्रहरीले भने कुनै पनि गाउँबाट बच्चा हराएको उजुरी नपरेको र हल्लाका आधारमा गाउँलेहरुले मानिसहरुको हत्या गरिरहेका बताएका छन् ।

घटनाको अनुसन्धान सुरु गरिएको र सुरक्षाका लागि ती गाउँमा थप प्रहरी टोली परिचालन गरिएको स्थानीय प्रहरीले जनाएको छ ।

यस्तै, जनचेतना जगाउनका लागि कार्यक्रम संचालन गरिने पनि उनीहरुले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय