भारतमा कोरोनाका कारण मास्क लगाउन सरकारले अनिवार्य गरेको नियमको फाइदा उठाउँदै ४ जना हतियारधारी बदमाशले बैंक दिउँसै बैंक लुटेका छन्।

यो घटना मध्य प्रदेशको इन्दौरस्थित परदेशीपुरा थाना क्षेत्रमा भएको हो। एक्सिस बैंकको शाखामा दिउँसो ४ हतियारधारी व्यक्ति मास्क लगाएर प्रवेश गरेका थिए। उनीहरूले बैंकका क्यासियरलाई धमकी दिँदै पाँच लाख रुपैयाँ लिएर भागेको प्रहरीले बताएको छ। ती हतियारधारीले एक मिनेटभित्रै यो सबै काम गरेका थिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

घटना बैंकको सीसीटीभी फुटेजमा रेकर्ड भएको छ। बैंक प्रशासनले सूचना दिएपछि प्रदेशका आइजी, डीआइजी, क्राइम ब्रान्चका सहायक एसपी, एसपीसहित सुरक्षा निकायका ठूला अधिकारी घटना स्थल पुगेका थिए।

आरोपीहरू बैंकको पछाडिको गल्लीमा एक्टिवा पार्किङ गरेर बैंकभित्र प्रवेश गरेका थिए। घटना भएको ठाउँ शहरी क्षेत्र हो। साढे दुईदेखि ३ बजेको बीचमा यो घटना भएको प्रहरीले बताएको छ।

बैंकका कर्मचारीका अनुसार बैंकभित्र प्रवेश गरेपछि एक जनाले पेस्तोल तेस्र्याएको र अर्कोले ठूलो चक्कु निकालेर कर्मचारीलाई धम्काएको थियो। लुटपाटको घटना बाहिरिएपछि बैंक वरिपरि मानिसको भीड लागेको थियो।