दमक/ राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा ख्याति कमाएका विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई सहभागि गराएर लाइव्रेरीले सञ्चालन गर्ने उद्यमशील बहस कार्यक्रमको सातौं श्रृङखला असार २७ गते नबिल बैंकका CEO अनिल केशरी शाहको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको छ।

कार्यक्रम संयोजक हेमन्त नेपालले कोभिड १९ को विद्यमान अवस्थालाई ख्याल गर्दै कार्यक्रम जुम बाट गरिएको बताए। नेपालले कार्यक्रमको औचित्य माथी प्रकाश पर्दै सम्पुर्ण दर्शकलाई स्वागत गरे । लाइव्रेरीका अध्यक्ष भेषराज न्यौपानेले विभिन्न क्षेत्रमा क्रियाशील ब्याक्तीलाई थप शसक्तीकरण गराउन उद्यमशीलता बहस कार्यक्रमले टेवा पुर्याएको बताए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

न्यौपानेले सहजीकरण गरेको उक्त कार्यक्रममा सफल उद्यमशीलका अनुभव सुनाउँदै शाहले सवैका लागि उत्प्रेरणा हुने कुराहरू बताए । कार्यक्रममा १०० जनाको उपस्थिति रहेको थियो भने २१००० भन्दा बढीले प्रतक्ष्य लाइब्रेरी को फेसबुक पेजबाट हेरेका थिए। अर्को महिनामा अर्कै वक्तालाई ल्याएर कार्यक्रमलाई निरन्तरता दिने न्यौपानेले बताए ।