दमक। लायन्स क्लब अफ इष्टर्न लाइन, दमक राइजिंग इष्टर्न लाइन र लईओ क्लब अब इष्टर्न लाइनले आआफ्नो स्थापना दिवस पारेर विभिन्न कार्यक्रम गरेर मनाएको छ । लायन्स क्लब अफ इष्टर्न लाइन ७ औ वर्षमा प्रवेश गरेको छ। आफ्नो सातौ वर्षको प्रवेशमा विभिन्न ३ वटा कार्यक्रम गरेर मानाएको हो ।
उक्त अवसरमा ३० दिने डायबेटिज र किड्नी जाच कार्यक्रमको सुरुवात गरेको छ । आजकै दिन ४० जनाको डायबेटिज र किड्नी जाच गरेको जानकारी पुर्व अधक्ष्य तुलसी राम तिमल्सिनाले जानकारी दिनु भयो।
त्यसै गरि आफ्नो सातौ वर्षको प्रवेश को अवसरमा ७ वटा प्रजातिका फलफुलको विरुवा हरुको वृक्षारोपण गर्दै आफ्नो सातौ वर्ष मानएको थियो यसरि आफ्नो कार्यकालमा क्लबको स्थापाना दिवस मनाएर वृक्षारोपण गरिनु साथै स्वास्थलाइ समेत ख्यालमा राखी डायबेटिज र किड्नी गरेर सेवा दिन पाएकोमा लायन्स क्लब अफ इष्टर्न लाइन अध्यक्ष जितेन्द्र खत्री युवराजले आफु धेरै खुसिभएको जानकारी दिनु भयो ।













