दी हेग- नेदरल्याण्ड्सको रक्षा मन्त्रालयले क्यारेबियनको आरुबाबाट उडेको एउटा सैनिक हेलिकप्टर समुद्रमा खसेको जनाएको छ। उड्नासाथ भएको उक्त दुर्घटनामा दुई जनाको मृत्यु भएको उल्लेख गरिएको छ।

मन्त्रालयले उक्त हेलिकप्टर आरुबाबाट आइतबार अपराह्न छिमेकी द्वीप कुराकाओका लागि उडेको जनाएको छ। आरुबा

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेदरल्याण्ड्सको स्वामित्वमा रहेको क्यारेबियन द्वीप हो। डच सेनाका प्रमुख रब बाउरले हेलिकप्टरमा सवार चार जनामध्ये दुई जनाको मृत्यु भएको र दुई जना सकुशल रहेको जानकारी दिए।

हेलिकप्टर दुर्घटनाको कारण भने अझै खुलेको छैन। डच सैनिकहरुले हेलिकप्टरको ब्लाक बक्स खोजी कार्य शुरु गरेका छन्। सेना प्रमुख बाउरले दुर्घटनाका सम्बन्धमा छानबिन शुरु भइसकेको जानकारी दिएका छन्।