दमक। दमकमा गठन गरिएको सनबहादुर तामाङ्ग सहयोग समिति बचाऊ अभियान बिगठन गरिएको छ । झापाको दमक–३ ढुकुरपानी स्थित बरगाछी टोलका ३२ बर्षिय तामाङ चार बर्षदेखी सवारी दुर्घटनामा परी ओच्छायनमा थलिएका थिए ।

उपचारमा परिवारले खर्च गर्न नसक्ने भएपछि ओच्छायनमा थलिएको अवस्थामा उनको थप उपचार र सहयोगका लागी गठन गरिएको समिती आज पत्रकार सम्मेलन गरि विगठन गरिएको हो । सो समितिले सनबहादुरको परिवारलाई दुई किस्ता गरेर २ लाख ६ हजार २ सय ३० रुपैया उपलब्ध गराएको समितिकी संयोजक सम्झना तामाङ्गले बताउनु भयो ।

सहयोग समितीको तर्फबाट संयोजक तामाङ्ग र सनबहादुरको बुबा सिंह बहादुर तामाङ्गको नाममा प्राईम कमर्सियल बैक दमकमा खाता खोली सहयोगका लागी अपिल गरिएको थियो । आज सो खाता समेत बन्द गरेर पत्रकार सम्मेलन गरिएको पनि संयोजक तामाङ्गले जानकारी दिनु भयो ।

यसैबीच सोही कार्यक्रममा सामाजिक अभियन्ता सम्झना तामाङ्गले पत्रकार मञ्च दमकले स्थापना गरेको अक्षय कोषलाई ११ हजार एक सय ११ रुपैयाँ समेत सहयोग गर्नुभएको छ । तामाङ्गले सो रकम पत्रकारको हितमा खर्च होस् भन्ने उदेश्यले सहयोग गरेको बताउनु भयो । उक्त रकम मञ्चका अध्यक्ष मनकुमार गदाललाई हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय