शुक्रबार राति अमेरिकाको पोर्टल्यान्डमा एक नग्न प्रदर्शनकारी प्रहरीसँग आमने–सामने भइन् । नाम नखुलेकी यी महिलालाई ट्वीटर प्रयोगकर्ताहरुले ‘न्याक्ड एथेना’ अर्थात् नग्न एथेना भनेर सम्बोधन गरिरहेका छन् ।
एथेना ग्रीक भाषाबाट आएको हो र यसको अर्थ विवेक र युद्धकी देवी हो । ग्रिसको एथेन्स शहरको नामाकरण यीनै देवीको नामबाट भएको हो । अब जाऔं घटनातर्फ, जर्ज फ्लोइडको संझनामा अमेरिकामा प्रदर्शन भइरहेको छ र पोर्टल्यान्ड लामो समयदेखि अस्थिर छ ।
नग्न एथेना को हुन् ?
पोर्टल्यान्डमा प्रहरीसामु खडा भएकी एक प्रदर्शनकारीले सबैको ध्यान खिचिन्, शुक्रबार राति उनी नग्न रुपमा आफ्ना खुट्टा पसारेर सडकमा प्रहरीको आमने–सामने भएर बसिन् । यसक्रममा उनले योगाका धेरै पोज पनि दिइन् । यी महिलाको परिचय खुलेको छैन, यद्यपी उनलाई सामाजिक सञ्जालमा ‘न्याक्ड एथेना’ भनिएको छ ।

पोर्टल्यान्डको प्रदर्शनमा के भयो ?
ट्वीटरमा पोस्ट भएको भिडियोअनुसार नग्न प्रदर्शनकारी सडकमा बस्नुअघि साइडको बाटो हुँदै हिंडेर आएकी छिन् । उनले आफ्ना खुट्टाले किक हानेकी छिन् र धेरैपटक योगा पोज दिएकी छिन् ।
कपडाका नाममा केवल फेस मास्क र टोपी लगाएर उनी प्रहरी र प्रदर्शनकारीको बीचमा बसेकी छिन् । ओरिगन लाईभका फोटोग्राफर डेभ किल्लेनका अनुसार उनले यस्तो प्रदर्शन गरेपछि सबै छक परेका थिए । किल्लेनले लिएको फोटो र पत्रकार डोनोभान फेर्लीले खिचेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
प्रहरीले प्रतिक्रियामा के ग¥यो ?
ओरेगन लाईभका अनुसा प्रहरी अधिकारीहरुले उनको खुट्टामा अश्रुग्याँस फालेका थिए । एक अलग प्रदर्शनकारीले अश्रुग्याँस आएको ठाउँमा कुदेर उनलाई यसबाट जोगाउने कोसिस गरिरहेका छन् । किल्लेनका अनुसार उनले ती महिलाले प्रदर्शनको समय एक शब्द पनि बोलेको सुनेनन् ।
ती महिला आएको झन्डै १० मिनेटपछि प्रहरी अधिकारी त्यहाँबाट पछि हटेका छन् । त्यसपछि नग्न एथेना पनि हटेकी छिन् । ‘उनी निकै कमजोर थिइन्,’ किल्लेनले भने,‘पक्कै पनि ती हतियारहरुका अगाडि नग्न रुपमा प्रदर्शन गर्नु पीडादायी हुँदो हो ।’
किन प्रदर्शन भइरहेछ ?
प्रहरी नियन्त्रणमा रहेका अस्वेत व्यक्ति जर्ज फ्लोइडको २५ मेइमा प्रहरी दमनका कारण मृत्यु भएयता पोर्टल्यान्डमा झन्डै हरेक रात प्रदर्शन भइरहेको छ । शनिबार राति आन्दोलनकारीहरुले एक घर तोडेर त्यहाँ आगजनी गरेका थिए । प्रहरीले यस प्रदर्शनलाई हुलदंगा भन्दै यस क्षेत्र टियर ग्याँसको प्रयोग गरेको छ ।




