काठमाडौं, ११ साउन । उत्तर कोरियाले दक्षिण कोरियासँग सीमा जोडिएको केसङ शहरमा कोरोनाको लक्षण भएका एक जना व्यक्ति फेला परेपछि लकडाउन लागू गरेको छ ।

ती व्यक्तिसँगै कोरोना भाइरस देशभित्र प्रवेश गरिसकेको हुनसक्ने आशंकामा लकडाउन लागू गरिएको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यदि ती व्यक्तिमा कोरोना भएको पुष्टि भएमा उत्तर कोरियामा कोरोना फेला परेका उनी पहिलो संक्रमित हुनेछन् । उत्तर कोरियाले अहिलेसम्म आफ्नो मुलुकमा कोरोना संक्रमित नरहेको दाबी गर्दै आएको छ ।

अहिले संक्रमित भएका आशंका गरिएका व्यक्ति पहिले भागेर दक्षिण कोरिया पुगेको र गत साता गैरकानुनीरुपमा उत्तरतर्फै फर्केको कोरियन सेन्ट्रल न्युज एजेन्सीले जनाएको छ । एजेन्सी