लस एन्जलस (संयुक्त राज्य अमेरिका), ७ जेठ । ब्यापारिक उडानमा रहेको एक विमान र यात्रुहरुलाई खाना, पानी आपूर्ति गर्ने एउटा ट्रक लस एन्जलस अन्तर्राष्ट्रिय विमानस्थलको ट्याक्सी वेमा आपसमा जुध्दा आठ जना घाइते भएका छन् । मेक्सिकोको राजधानी मेक्सिको सिटीबाट एरो मेक्सिको एयरलाइन्सको उडान नं. ६४२ बाट एउटा बोइङ्ग–७३७ विमान संयुक्त राज्य अमेरिकाको एन्जलस अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपश्चात् धावन मार्गबाट विमान बिसौनीतर्फ आउने क्रममा बाटोमा पर्ने रन वे नं. २५ नजिकैे ट्याक्सी वेमा उक्त ट्रकसँग ठोक्किन पुगेको स्थानीय सञ्चार माध्यम सिटी न्युज एक्स्प्रेसले जनाएको छ । नियमित गतिमा गुडिरहेको एरो मेक्सिकोको उक्त बोइङ्ग–७३७ जेट विमानले ठक्कर दिएपछि सो विमानस्थल आपूर्ति ट्रक फनक्कै एक फन्का घुमी पल्टिएको थियो । ट्रकमा सवार दुई महिलासहित आठजना आपूर्ति कर्मचारीहरु घाइते भएकामा दुबै जना महिलाको स्थिति भने गम्भीर रहेको लस एन्जलस विमानस्थल अग्नी नियन्त्रण प्रमुखले जानकारी दिएका छन् । विमानमा सवार एकसय चयालिस जना जति यात्रु र चालक दलका सदस्यमध्ये कसैलाई पनि केही भएको छैन । तर, बिमानको दायाँ पट्टिको पखेटा नराम्ररी क्षति भए तापनि इन्धन पोखिने वा आगलागीका कुनै पनि घटना हुन नपाएको समेत जनाइएको छ । रासस ÷सिन्ह्वा
ट्रक र विमान जुध्दा आठ घाइते
सवाल नेपालसंवाददाताआइतबार, ६ जेठ २०७४

ट्रक र विमान जुध्दा आठ घाइते
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
ह्वाइट हाउस डिनरमा गोली चल्यो : ट्रम्पलाई आकस्मिक बाहिर निकालियो, ‘सुटर’ पक्राउ

यो पनि पढ्नुहोस् »
अमेरिका- इजरायलले इरानमा गरेकाे संयुक्त आक्रमणमा कम्तिमा १३३ नागरिकको मृत्यु
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

ह्वाइट हाउस डिनरमा गोली चल्यो : ट्रम्पलाई आकस्मिक बाहिर निकालियो, ‘सुटर’ पक्राउ
आइतबार, १३ वैशाख २०८३
अमेरिका- इजरायलले इरानमा गरेकाे संयुक्त आक्रमणमा कम्तिमा १३३ नागरिकको मृत्यु
आइतबार, १७ फागुन २०८२
आक्रमणमा इरानी सर्वोच्च नेता खामेनेई मारिएको ट्रम्पको दाबी
आइतबार, १७ फागुन २०८२
भारतको दिल्लीमा रेल स्टेसन नजिकै विस्फोट : ८ जनाको ज्यान गयो
मंगलबार, २६ कात्तिक २०८२
कुवेतको श्रमिक आवासमा भएको आगलागीमा मृत्यु हुने अधिकांस भारतीय रहेको पुष्टि, विदेश राज्यमन्त्री सिंह कुवेत पुग्दै, ५ नेपाली घाइते भएको प्रारम्भिक विवरण
बिहीबार, ३१ जेठ २०८१



