फिनल्यान्डकी प्रधानमन्त्री सान्ना मारिनले आफ्ना प्रेमी मार्कस राइक्कोनेनसँग विवाह गरेकी छन् ।

उनीहरू दुवैजनाको उमेर ३४ वर्ष छ र छोरी एम्मा अमालिया मारिन साढे दुई वर्षकी छन् । उनीहरू विगत १६ वर्षदेखि सँगै बसिरहेका छन् ।

प्रधानमन्त्री निवास केसारान्तामा उनीहरूको विवाह शनिवार भएको हो । विवाह समारोहमा नजिकैका साथी र परिवार गरी ४० जनाको उपस्थिति थियो ।

मारिनले आफ्ना पतिसँगको तस्वीर इन्स्टाग्राममा शेयर गरेकी छन् ।

उनले लेखिन्, ‘हिजो हामी विवाह बन्धनमा बाँधियौं । मैले मन पराएको मानिससँग जिन्दगी बिताउन पाउँदा खुशी र आभारी छु । हामीले मिलेर धेरै कुरा देखेका र भोगेका छौं अनि एकअर्कालाई जस्तोसुकै परिस्थितिमा सहयोग गरेका छौं ।’

मारिनले फिनल्यान्डमा मध्यमार्गी वामपन्थी सरकारको नेतृत्व गरिरहेकी छन् । उनी दुलहीको लामो सेतो वस्त्रमा निकै सुन्दर देखिएकी थिइन् ।

प्रधानमन्त्री र उनका पतिको स्थायी घर टाम्पेरेको कालेभा जिल्लामा छ । तर महामारीका बेलामा उनीहरू प्रधानमन्त्री निवासमा बसिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah