दमक २०७७, झट्ट सुन्दा डस्ट्बिनको आभास दिने तर बुझ्दा अर्कै अर्थ बोकेको पुस्तक सङकलनको एउटा कार्यक्रम हो बुकबिन।रोट्याक्ट क्लब अफ दमकले गाउँमा लाइब्रेरी कार्यक्रम लाई सहज बनाउनका लागि पुस्तक सङकलन धेरै होस् भनेर फलामको एउटा दरो बक्सा निर्माण गर्यो र सुरु गरेको हो बुकबिन कार्यक्रम ।

समाजमा दुई किसिमका फोहोरहरु विद्यमान छन् एउटा फोहोर कागज प्लास्टिक झारपात मल आदिको र अर्को फोहोर सामाजिक कुरिती बिकृती बिसङती अन्धविश्वास आदिको।प्लास्टिक कागज आदिका फोहोरहरु सजिलै सङ डडेर कुहिएर माटोमा बिलिन हुन र मल बन्न सक्छन् तर समाजमा ब्याप्त अशिक्षा कुरिती अन्धविश्वास आदिको फोहोरलाई चेतना र शिक्षाको माध्यमबाट हटाउन र समाजलाई सकारात्मक सन्देश फैलाउन आवस्यक सामाग्री किताब रहेको र ती किताबहरु उक्त बुकबिनमा हालेर समाज परिवर्तनको आफ्नो ऋण तिर्न रोट्याक्ट क्लब अफ दमकका अध्यक्ष दधिराम ढकालले बताएका छन्।

दमकको गोर्खा डिपार्टमेन्ट स्टोरको मुनि रोट्याक्ट क्लबले नेपालमै पहिलो पल्ट बुकबिन राखेको हो।नेपालका प्रमुख ३५ बटा मुख्य शहरमा विभिन्न रोट्याक्ट क्लबहरु सङ समन्वय गरेर बुकबिन राखिने र यो बर्ष भरी ३५ बटा लाइब्रेरी बनाउने क्लबका निवर्तमान अध्यक्ष सुदिप लिम्बुले बताउनु भएको छ ।

गोर्खा डिपार्टमेन्ट मुनि रहेको बुकबिनमा प्रत्येक दिन बिबिन्न मानिसहरु र समाजिक ब्यक्तित्वहरुले किताब राखिदिने गरेका छन्।दुई साता अघि औपचारिक कार्यक्रम गरेर सुरु गरिएको बुकबिन कार्यक्रम आज सबैको नजरमा परिरहेको छ ।घाम पानी आगोले समस्या गर्न नसक्ने गरि निर्माण गरिएको उक्त बुकबिनमा करिब ३०० थान किताबहरु अट्न सक्ने क्षमता रहेको छ।

आफ्नो क्लबको विविध वार्षिक कार्यक्रमहरु अन्तरगत गाउँमा लाइब्रेरी कार्यक्रमको एउटा शाखाको रुपमा अगाडि बढाइरहेको बुकबिन कार्यक्रम प्रत्येक वर्ष क्लबले अघि सार्ने भएको छ ।परोपकार समाजसेवा भातृत्व नेतृत्व विकास स्वास्थ शिक्षा जस्ता विविध क्षेत्रमा रहेर काम गरिरहेको रोट्याक्ट क्लब दमकले बुकबिन नौलो प्रयोग सहित दमकबाट सुरु गरेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय