दमक / झापा दमकमा रहेकाे न्यु जागृती बचत तथा ऋण सहकारी संस्थाले आफ्नाे नवाै स्थापना दिवसकाे अवसरमा वृक्षारोपण गरेकाे छ ।

दमक ६ मा संचालन रहेकाे न्यु जागृती बचत तथा ऋण सहकारी संस्थाले आज एक कार्यक्रम गरी दमक २ मा रहेकाे हंम्से दुम्से सामुदायीक बनकाे जग्गामा टिक जातकाे ५ सय बिरूवा राेपेर आफ्नाे नवाै स्थापना दिवस मनाएकाे हाे ।

दमक २ का वडा अध्यक्ष प्रजापति सापकाेटा, हंम्से दुम्से सामुदायीक बन उपभाेक्ता समिति अध्यक्ष हिमालय दाहाल, न्यु जागृती बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बिमल खतिवडाले संयुक्त रूपमा वृक्षाराेपणकाे उद्वघान गरेका थिए ।

सहकारीले अघिल्ला वर्षहरूमा रक्तदान, नगर सरसफाइका जस्ता कार्य गर्दै आएकाे भए पनि यसवर्ष दमकलाइ पर्यटन संग जाेड्न सकिने प्राकृतिक रूपले सुन्दर हंम्से दुम्से सामुदायीक बनमा राेपिएका बिररूवा हुर्काउने जिम्मा सहित वृक्षारोपण गरीएकाे सहकारीका अध्यक्ष बिमल खतिवडाले बताए ।

 

कार्यक्रममा बाेल्दै दमक २ का वडा अध्यक्ष प्रजापति सापकाेटा, हंम्से दुम्से सामुदायीक बन उपभाेक्ता समिति अध्यक्ष हिमालय दाहालले बन क्षेत्रमा धेरै वृक्षाराेपणका कार्यक्रमहरू धेरै भए पनि न्यु जागृतीले राेपेका बिरूवा हुर्काउने जिम्मा लिएर उदाहरणिय कार्य गरेकाेमा बधाइ दिदै आफ्नाे सस्थाबाट सकेकाे सहयाेग गर्ने प्रतिबद्वता जनाउदै बिरूवाकाे गाेडमेलमा समेत ध्यान दिन अनुराेध गरे ।

वृक्षाराेपण कार्यक्रममा सहकारी संचालक समितीका पधादीकारी, सेयर सदस्य,कर्मचारी लगायतकाे उपस्थिती रहेकाे थियाे । दमकमा नाै वर्ष देखि संचालनमा रहेर बचत र ऋणकाे क्षेत्रमा उत्कृष्ट काराेबार गर्दै आएकाे सहकारीमा ११ सय बढि सदस्य रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय