दमक। पहिलो पाईला दमक शाखाले कमल गाउँपालिका–५मा हात्तीको आक्रमणबाट मृत्यु भएका रोहित रेग्मीको परिवारलाई आर्थिक सहयोग गरेको छ । आइतबार पहिलो पाईलाका अध्यक्ष दीपक खड्का सहितको टोलीले घरमै पुगेर आर्थिक सहयोेग गरेको हो ।
सस्थाले दश हजार एक सय २० रुपैया मृतकको परिवारलाई आर्थिक सहयोग गरेको छ । रेग्मीको परिवारको आर्थिक अवस्था कम्जोर भएकाले सहयोग गरेको पहिलो पाईला दमक शाखाका अध्यक्ष दीपक खड्काले बताए ।
त्यस्तै संस्थाका सचिव मेघनाथ फुयाँलले संस्थाले आफ्नो विपत्ति कोषबाट सहयोग गरेको बताए । सहयोग हस्तान्तरण कार्यक्रममा संस्थाका सल्लाहकार राजु खड्कासहित संस्थाका अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो । रेग्मीको गत २१ गते जंगली हात्तीले आक्रमण गर्दा मृत्यु भएको थियो ।










