झापाको कमल गाउँपालिका वार्ड ३ स्थित केर्खा वण्डरलेण्ड मावि मा DPL कमल यूथ टीमका अध्यक्ष राजन चापागाईको अध्यक्षतामा पदस्थापना कार्यक्रम सम्पन्न भएको छ ।
डि . पि . एल. युथ टिमको पदस्थापना तथा प्रथम भेला Dpl कार्यक्रमको प्रमुख अतिथि DPL संस्थापक अध्यक्ष भेषराज न्याैपानेको प्रमुख आथित्यतामा औपचारिक रुपमा पदस्थापन कार्यक्रम भएको थियो ।
डि पी एल युथ टिमको प्रथम शाखाको रुपमा उधमशिल विकास , व्यक्तित्व तथा नेतृत्व बिकास, सामाजिक कार्यक्रम गर्ने उदेश्यले डिपिएलले गत साउन १७ गते राजन चापागाँई को अध्यक्षतामा गठन भएको १९ सदस्य तदर्थ समितिलाई साउन २४ गते शनिवारका दिन सपथ ग्रहण मार्फत आधीकारीता प्रदान गरिएको छ ।
युवाहरू एकलै हिडदा भन्दा सामुहिक हिडाईले लक्ष्यप्राति सहजता हुने भएकोले युवाले टिमसंग काम गर्दा सहज हुने युवाहरु नै शक्तिको स्रोत हुन् । युवालाई सामाजिक क्षेत्रमा कार्य गर्न बोध गराउने प्रमुख अतिथि DPL संस्थापक अध्यक्ष भेषराज न्याैपानेले बताए ।
यस कार्यक्रममा स्वागत मंतव्य DPL कमल युथ टीम अर्जुन गुरुङले राखेका थिए । कार्यक्रममा नेपाल जेसिज वर्ष २०१७ अध्यक्ष प्रकाश अधिकारी ले संस्थाको विधान र नीतिलाई आत्मसाथ गर्दै अगाडि बढ्ने हो भने सोचेको जस्तो परवर्तन हुन्छ र समाज परिवर्तन गर्न स्वाम परिवर्तन हुन आवश्यक रहेको बताए । यस कार्यक्रममा अतिथि राष्ट्रिय युथ टिमका अध्यक्ष विनोद उप्रेती ,उपाध्यक्ष दिनेश जंग खड़का , दिवाकर गुरुङ , शहिद धर्म भक्त मा.वि. सहायक प्र.अ. मधुसूदन अधिकारी , मेचि युनेस्को अध्यक्ष भिमचन्द्र न्याैपाने , कमल साहित्य कला संस्कृतिक प्रतिष्ठानका अध्यक्ष अग्नि काेईराला , उधमशिल महिला सशक्तीकरण अध्यक्ष शान्ता उप्रेती दाहाल , समावेशि महिला सशक्तीकरण करण केन्द्रका अध्यक्ष गाैरा चापागाईं , कमल नगर जेसिज कानुनी सल्लाहकार भीम अधिकारी , युवा व्यावसायि तथा डि पी एल संस्थापक सदस्य भरत चम्लागाई लगायतको उपस्थित रहेको थियो । कार्यक्रम समापन DPL कमल युथ टिमका सभापति राजन चापागाईले गरेका थिए भने कार्यक्रम संचालन जितेन साम्पाङ राईले गरेका थिए ।










