फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले रुसमा बनेको कोरोनाभाइरसविरुद्धको खोप स्वीकार गर्ने बताएका छन् । विश्वास र आभारका लागि आफूले पनि उक्त खोपको पहिलो शट लिने डुटेर्टेले बताएका छन् ।

‘खोप आएपछि म आफैं सार्वजनिक रूपमा त्यसलाई लगाउँछु । ममाथि पहिला परीक्षण गरे हुन्छ, मलाई आपत्ति छैन,’ डुर्टेटेले सोमवार राति भने ।

फिलिपिन्सले रुसलाई खोपको क्लिनिकल ट्रायल र स्थानीय उत्पादनमा सहयोग गर्ने उनले बताए ।

फिलिपिन्समा कोरोनाका एक लाख ३६ हजार ६३८ केस पुष्टि भइसकेका छन् । दक्षिणपूर्वी एसियामै त्यो सबभन्दा धेरै हो ।

डुटेर्टेले अघिल्लो महिना चीनका राष्ट्रपति सी चिनफिङलाई कोभिड–१९ खोपको प्राथमिक पहुँच दिनका लागि सहयोग गर्न अनुरोध गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय