रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले कोरोनाभाइरसविरुद्धको खोप तयार पारेको दाबी गर्दै आफ्नी छोरीले पनि खोप लगाएको बताएका छन् ।

स्वास्थ्य मन्त्रालयले यसलाई स्वीकृति दिइसकेको र अब यसको डोज व्यापक मात्रामा तयार पारिने पुटिनले जानकारी दिए ।

पुटिनकी छोरीलाई खोप दिइएको खबर आएपछि कुन चाहिँ छोरी भनी चर्चा शुरू हुन थालेको छ ।

पुटिनका दुई छोरी छन् । उनीहरूमध्ये कसलाई खोप दिइएको भनी खुलाइएको छैन ।

पुुटिन निजी जीवनलाई सार्वजनिक चर्चामा ल्याउँदैनन् । उनका परिवारका सदस्यको झलक कमै मात्र पाइन्छ ।

पुटिनका दुई छोरीको नाम मारिया पुटिना र येकातेरिना पुटिना हो ।

उनले सार्वजनिक रूपमा कहिले पनि छोरीहरूको नाम लिने गरेका छैनन् । येकातेरिना कान्छी छोरी भएको बताइन्छ ।

मस्कोमा क्याट्रिना तिखानोभा नाम राखेर बस्ने गरेको भनी येकातेरिनाको सन् २०१५ मा चर्चामा आएकी थिइन् ।

उनी एक्रोब्याटिक डान्सर हुन् र अनेकौं च्याम्पियनशिपमा भाग लिइरहन्छिन् । उनी टीभी शोमा पनि देखिएकी छन् ।

समाचार संस्था रोयटर्सका अनुसार, ३३ वर्षीया कट्रिना तिखानोभालाई मस्को स्टेट युनिभर्सिटीमा आर्टिफिसियल इन्टेलिजेन्स इन्स्टिच्युटको प्रमुखका रूपमा नियुक्त गरिएको छ । उनी कैयौं वर्षदेखि विश्वविद्यालयमा वरिष्ठ पदमा छिन् । उनले फिजिक्स र म्याथमा मास्टर्स गरेकी छन् ।

येकातेरिनाले सन् २०१३ मा किरिल शामालोभसँग विवाह गरेको बताइन्छ । किरिल रोजिया बैंकका सहसञ्चालक निकोलाय शामालोभका छोरा हुन् ।

निकोलाय भ्लादिमिर पुटिनका पुराना साथी भएको बताइन्छ । किरिल चाहिँ तेल र पेट्रोकेमिकल्स उद्योगका ठूला व्यापारी हुन् ।

उनी रुस सरकारको आर्थिक सल्लाहकार पनि रहिसकेका छन् ।

सन् २०१८ मा उनीहरूको डिभोर्स भएको बताइन्छ ।

पुटिनकी जेठी छोरी मारिया एन्डोक्राइनोलोजिस्ट हुन् । उनलाई मारिया वोरोन्त्सोभा नामले समेत चिनिन्छ ।

उनी लेनिनग्रादमा जन्मेकी हुन् । उनी मस्कोको एक अपार्टमेन्टमा फर्जी नाममा बसिरहेको बताइन्छ ।

एक वैज्ञानिकका रूपमा उनले इन्डोक्राइनोलोजी सेन्टरमा काम गर्ने गरेको समेत बताइन्छ । उनले एक डच पुरुषसँग विवाह गरेको र एक छोरी जन्माएको पनि खबर छ ।

द न्युयोर्क टाइम्सले छापेको एक खबरअनुसार, मारिया महानगरको विलासी जीवन जिउँछिन्, विदेश भ्रमण गरिरहन्छिन् र उनका थुप्रै युरोपेली साथी छन् ।

रोयटर्स समाचार संस्थाका अनुसार, पुटिनले परिवारको निजता कायम राख्न अपील गरेका थिए । छोरीहरूले सामान्य बाल्यकाल बिताउन सकून् भनेर पुटिनले गोप्यता कायम राख्न जोड दिएका हुन् ।

पुटिनले सन् १९८३ मा ल्युडमिला पुटिनासँग विवाह गरेका थिए । मारिया र येकातेरिनालाई ल्युडमिलाले नै जन्माएको मानिन्छ । सन् २०१४ मा पुटिन र ल्युडमिला छुट्टिएका थिए ।

ल्युडमिला पनि सार्वजनिक चर्चाबाट टाढै छिन् । तर रुसकी प्रथम महिलाका रूपमा उनले अनेकौंपटक विदेश भ्रमण गरेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah