दमक। झापाको दमकमा अबदेखि जोर गतेका दिन जोर नम्बरका र विजोर गतेका दिन विजोर नम्बरका यातायात साधन सञ्चालन हुने भएका छन् । आज दमकमा बसेको यातायात तथा ट्राफिक व्यवस्थापन र शहरी शुदृढिकरण समितिको बैठकले यस्तो निर्णय गरेको समितिका संयोजक तथा दमक नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष प्रजापति सापकोटाद्धारा हस्ताक्षरीत विज्ञप्तीमा उल्लेख गरिएको छ । योसँगै भोलिदेखि दमकमा संचालन हुँदैआएका सबै सिटी सफारी तथा अटो संचालकहरुले यो नियम पालना गर्नु पर्ने छ । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दैै समितिले यस्तो निर्णय गरेको जनाएको छ