दमक — ६ स्थित ग्लोबल एजुकेशनल एकेडेमीले Covid – 19 को जोखीम बढिरहेको अवस्थामा संस्थामा कार्यरत शिक्षक, कर्मचारी, संचालक समिति तथा शेयर सदश्यहरुको प्रत्येकको एक एक लाखको Covid – 19 बिमा गरीदिएको कुरा उक्त एकेडेमी संचालक समितिका अध्यक्ष खेम प्रसाद भण्डारीले जानकारी दिनुभयो ।
उक्त एकेडेमीले यो बिषम परीस्थितीमा एकेडेमीका सम्पुर्ण सदश्यहरुको बिमा गरेर दमकमा मात्र नभइ सम्पुर्ण नेपालीलाइ नै अभिभावकत्व को उदाहरण दिएको कुरा उक्त एकेडेमीका संचालक समिति सदश्य दिल बहादुर बस्नेतले भन्नुभयो । उक्त बिमा गरे पस्चात यदि कुनै सदश्यलाई Covid – 19 पोजेटिभ देखीएमा उक्त सदश्यले बिमा बापत रु एक लाख रुपैयाँ राहत स्वरुप प्राप्त हुने कुरा उक्त एकेडेमीका प्रचार्य गुणराज अधिकारीले जानकारी दिनुभयो ।










