
मालीका राष्ट्रपति इब्राहिम बुबाकार केटलाई विद्रोही सैनिकले पक्राउ गरेको छ, यसको पुष्टि माली सरकारका प्रवक्ताले बीबीसीसँग गरेका छन् ।
मालीका राष्ट्रपति सँगै सैनिकले देशका प्रधानमन्त्री बोबू सिसेलाई पनि हिरासतमा लिएका छन् ।
सेनाको यो विद्रोहको सुरुवात मंगलबार मालीको राजधानी बामाको नजिकै एक महत्वपूण सैनिक क्याम्पमा गोलीको आवाज सुनिएसँगै भएको हो ।
बामाकोबाट १५ किलोमिटर टाढा रहेको काटी क्याम्पमा असन्तुष्ट कनिष्ठ अधिकारीले कमान्डरलाई हिरासतमा लिए र त्यसपछि क्याम्पमा कब्जा जमाए ।
त्यसपछि युवाले शहरको सरकारी भवनलाई आगो पनि लगाइदिए । मालीका राष्ट्रपतिको राजिनामाको मागको विषयमा मालीमा विरोध प्रदर्शन पनि चलिरहेको थियो ।
स्रोतः बीबीसी