अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टनले बहालवाला राष्ट्रपति डोनल्ड ट्रम्पमाथि कठोर शाब्दिक आक्रमण गरेका छन् । ‘ट्रम्पको काम भनेको घन्टौंसम्म टीभी अगाडि बसेर समय खेर फाल्ने, सामाजिक सञ्जालमा मानिसहरूलाई गालीगलौज गर्ने र आफ्नो कुकृत्यको जिम्मेवारी नलिने हो,’ क्लिन्टनले भने ।

डेमोक्रेटिक पार्टीको चार दिने राष्ट्रिय सम्मेलनको दोस्रो दिन उनले भिडियो सम्बोधन गर्ने क्रममा ट्रम्पमाथि आक्रमण गरेका हुन् ।

सम्मेलनका क्रममा मंगलवार जो बाइडनलाई औपचारिक रूपमा राष्ट्रपति उम्मेदवार बनाइएको छ ।

राष्ट्रपति निर्वाचन संसारको सबभन्दा महत्त्वपूर्ण काम हो र यस वर्षको चुनाव कठिन छ किनकि कोभिड–१९ महामारीका कारण एक लाख ७० हजार अमेरिकीको ज्यान गइसकेको छ, क्लिन्टनले भने । लाखौं रोजगारी गुमेका छन् र साना कारोबार बर्बाद भएका छन् ।

महामारीको व्यवस्थापनमा नराम्ररी चुकेका ट्रम्पलाई नै फेरि चार वर्ष शासन चलाउन दिने नदिने निर्णय अमेरिकी जनताले सोचविचार गरेर दिनुपर्ने क्लिन्टनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah