विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले दुई वर्षभित्र विश्व काेराेना भाइरसकाे महामारीबाट बाहिर निस्कने अपेक्षा गरेकाे छ।

विश्व स्वास्थ्य संगठनका प्रमुख डा टेड्रोस एडनम गेब्रियेससका अनुसार १९१८ काे स्पेनिश फ्लूकाे तुलनामा कोरोनाबाट फैलिएकाे महामारी चाँडाे नियन्त्रणमा आउनसक्छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

ग्लोबलाइजेशन र पूरै विश्व एकअर्काकाे सम्पर्कमा रहेकाले काेभिड-१९ काे संक्रमण विश्वभर तीव्रगतिमा फैलिएकाे हाे। तर फैलावट तीव्र भएपनि याे महामारी स्पेनिश फ्लूकाे तुलनामा चाँडाे काबुमा आउने उनले विश्वास व्यक्त गरे।

स्पेनिश फ्लू् १९१८ फ्रेबअरीदेखि १९२० अप्रिल अर्थात दुई वर्षभन्दा बढी समयपछि काबुमा आएकाे थियाे। त्यतिखेर याे फ्लृबाट विश्वभर करीब २ कराेडकाे ज्यान गएकाे थियाे। जबकि त्यतिखेर हालकाे जस्ताे ग्लाेबलाइजेशन थिएन।