नेपाल कम्युनिस्ट राजनीतिका एक धुरन्धुर व्यक्तित्व एकीकृत कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केवल पार्टीको मात्र नेता भन्दा देशको नेताको भूमिका निर्वाह गर्दैछन् । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलाल तथा बहुदलीय जनबादको प्रतिपादक मदन भण्डारी पछाडीका ‘उच्चकोटिका कम्युनिष्ट नेता’मा प्रचण्डले आफ्नो नाम दर्ज गर्दैछन । कसैले उपाधी दिएर होइन, स्वयम उनका कर्मले यो पुष्टि गर्दैछ ।
१३ बर्षको भुमिगत जीवन बिताइ २०६२-६३ को जनआन्दोलन बाट खुला राजनीतिमा आएका प्रचण्ड २०६५ भदौ २ गते गणतान्त्रिक नेपालका पहिलो प्रधानमन्त्री भएका थिए । उनको पहिलो कार्यकाल स्वाभाविक रुपमा बिबादित देखियो । तत्कालिन सत्तासंरचना र अन्तर्राष्ट्रिय परिस्थितिलाई लाई उनले गहन रुपमा बुझ्न नसकेको कारणले उनी नौ महिनामै राजीनामा सहित ‘नागरिक सर्बोच्चता’को नारा लिएर सडकमा ओर्लेका थिए । अहिले देखिएको ‘राष्ट्रबाद’को धार उनले उतिबेलै सृजना गरिसकेका थिए ।
१० बर्षे सशस्त्र जनयुद्धको कुशल नेतृत्व गरेका नेता प्रचण्डले बृहत शान्ति सम्झौता मार्फत माओवादी पार्टीलाई राष्ट्रिय पार्टीको रुपमा स्थापित गरे । पहिलो संबिधान सभाको निर्वाचनमा आफुलाइ देशकै सबैभन्दा ठुलो शक्तिशाली पार्टीको रूपमा खडा गरे । पहिलो संविधानसभा बाट संविधान आउन नसक्नुले माओवादी लाइ ठुलो धक्का लाग्यो । यद्यपि आफ्ना जनमुक्ति सेना ब्याबस्थापन र हतियारको बिसर्जन गरि माओवादी शान्तिपुर्ण राजनीति मार्फत देशको राजनीति लाई औपचारिक र अनौपचारिक रुपमा आफ्नै नेतृत्वमा अघि बढाउने काम गरे ।
प्रचण्डको नेतृत्वमा संचालित जनयुद्धको पहिलो उपलब्धिको रूपमा २ सय ४० बर्षे राजतन्त्रको समाप्त भयो र देशमा लोकतान्त्रिक गणतन्त्रको स्थापना भयो । यसले उनले थालनी गरेको जनयुद्धका कतिपय एजेन्डाहरु संस्थागत भए । ‘माओवादी जनयुद्ध’ले देशमा अभूतपूर्व सामाजिक परिवर्तन, समानुपातिक समाबेशी सहितको लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्ष देश र जनताका प्रतिनिधि बाट संविधान ल्याउने जनयुद्धको एजेन्डा थियो ।
जनआन्दोलनले स्थापित गरेका राजनीतिक उपलव्धी पहिलो संविधानसभाबाट आउन नसके पछि आफ्नै पार्टीका वरिष्ठ नेता बाबुराम भट्टराईको नेतृत्व मार्फत दोस्रो संविधान सभा निर्वाचन घोषणा गराए । जनमत आफ्नो पक्षमा नआउने जान्दाजान्दै निर्वाचनमा गए र परिणाम पनि त्यस्तै आयो । पहिलो भएको पार्टी तेस्रो स्थानमा झर्यो ।

पार्टीमा प्रचण्डको दाहिने हात रहेका नेताहरु पार्टीबाट अलग भएर गए । तर प्रचण्ड कतिपनी बिचलित नभै ‘लामो रेशको घोडा जसरि आफ्ना जनयुद्धका एजेन्डा हरुलाई संस्थागत गर्न अनब्रत लागी रहे’ । उनको लचकता र प्रतिबद्धताको मापन गर्ने उपकरण नेपाली राजनीतिमा आजसम्म कसैले भित्राउन सकेको छैन ।
शक्तिका हिसाबमा तेस्रो भए पनि जनआन्दोलनका कमाण्डर गिरिजाप्रसाद कोइरालाको अवसान पछि नेपालको राजनीति प्रचण्डको वरिपरी घुमी रह्यो । यसलाइ उनले अबसरको रुपमा ग्रहण गर्दै पहिलो शक्ति भएको पार्टी नेपाली काँग्रेस संगको सहकार्यमा देशलाइ समानुपातिक समाबेशी गणतन्त्रको आफ्नो एजेन्डा लाई संविधान मार्फत संस्थागत गराइ छाडे । यो उन्को जनयुद्धको दोस्रो उपलब्धि थियो ।
तर यी उपलब्धी सहित यिनिहरुको सफल कार्यन्वयनको ठूलो चुनौतीपनि प्रचण्ड सामु खडा थियो । त्यसैले यसको कार्यान्वयनको लागि बामपन्ंथी शाक्तीहरुलाई एक गरि एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बनाई संविधान कार्यान्वयनको लागि अगि बढे । तर ओली सरकार पार्टीको बहुमत सरकार जस्तो निरंकुश जस्तो बन्यो ।
ओली सरकारबाट संविधान कार्यान्वयन सफल हुने नदेखे पछि प्रचण्डले काँग्रेससंगको सहकार्यमा आफ्नो नेतृत्वमा सरकार बनाइ संबिधान कार्यान्वयनको प्रक्रिया थाले ।
एमालेको ‘उग्रराष्ट्रवादी’ मनोबैज्ञान प्रतिपक्षको बिरोध आलोचना अर्कातिर मधेसी मोर्चाको आन्दोलन एवं समस्याका बाबजुद पनि आफ्ना जनयुद्धका एजेन्डा जनताको अधिकार आफ्नै गाउगाउँमा पुर्याउने तथा संबिधान बाट प्राप्त उपलब्धी लाई कार्यान्वयनमा लैजान आफ्नो पार्टीको जनमत सोचे बमोजिम नआउने देख्दा देख्दै पनि स्थानीय तह निर्वाचनको मिति घोषणा गरि शान्ति पुर्ण ढंग बाट निर्वाचन गराए ।
स्थानीय चुनाव गराएर प्रचण्डले पार्टी साइजमा सानो भए पनि एक ऐतिहासिक ब्याक्तित्वको रुपमा आफुलाई स्थापित गराएका छ्न । स्थानीय निर्वाचन मार्फत आम नेपाली जनताको अपेक्षा सम्बोधन भएका छन ।
प्रचण्डको नेतृत्वमा दुइ दशकपछि स्थानीय तहको निर्वाचन सम्पन्न भयो । निर्वाचनले संबिधान कार्यान्वयनको चरणमा गएको छ । देशमा आर्थिक वृद्धि, लोडसेडिङको अन्त्य र जनताले सुसासनको अनुभुती गरेका छन प्रचण्ड सरकारको पालमा । प्रचण्ड सरकारको पालामा स्वास्थ्य क्षेत्रमा केही लोककल्याणकारी कामको सुरुवात भएको छ । तराइलाई जोडने, ‘फाष्ट्र ट्र्याक’ र चीनसँग ओबर सम्झौता लगायत प्रचण्डले गरेका कामको भविष्यसम्म स्मरण हु्नेछ ।
कांग्रेससँग भएको भद्र सहमति अनुसार प्रचण्ड जनताको मन जितेर प्रधानमन्त्रीबाट राजीनमा गर्दैछन् । पछिल्लो समय गरेका कामले प्रचण्डका कतिपय कमी कमजोरीलार्य समेत ओझेल पारेका छन् । लोकान्तर



