जर्मनीका वैज्ञानिकले महामारीका बेला भीडभाडयुक्त कार्यक्रममार्फत् हुने जोखिमको अनुसन्धानका लागि एकैदिन तीनवटा पप कन्सर्टको आयोजना गरेका छन् ।

१८ देखि ५० उमेर समूहका स्वस्थ स्वयंसेवकले उक्त कन्सर्टमा आफ्नो सहभागिता जनाए ।

अनुसन्धानको नेतृत्व गरिरहेको लिप्जिगस्थित ह्याले युनिभर्सिटीका प्रमुखले कार्यक्रम जसरी समापन भयो त्यसमा आफू पूर्ण रुपमा सन्तुष्ट भएको बताए ।

गायक तथा गीत लेखक टिम बेन्डज्को लगातार आयोजना गरिएको उक्त गिगमा आफ्नो प्रस्तुती दिन सहमत भए ।

जर्मनीमा अप्रिलको अन्त्यपछि कोभिड–१९ संक्रमणमा सार्वधिक वृद्धि भएपछि यस्तो अनुसन्धान गरिएको हो ।

रोबर्ट कोच इन्स्टिच्युटका अनुसार पछिल्लो २४ घण्टामा जर्मनीमा २ हजार संक्रमित भेटिएका छन् । यससँगै त्यहाँ संक्रमितको संख्या २ लाख ३२ हजार ८२ पुगेको छ ।

अनुसन्धानकर्ताले भने, ‘रिस्टार्ट–१९ नाम दिइएको यो कन्सर्टको आयोजना महामारीमा यस्ता कार्यक्रमको आयोजना गर्न हुन वा नहुने विषयमा अनुसन्धानका लागि गरिएको हो ।’

शनिबार आयोजना गरिएको उक्त कन्सर्टको पहिलो कार्यक्रममा सुरक्षाका कुनै उपाय नअपनाइकनै आयोजना गरियो । यस्तै दोस्रो कार्यक्रममा अत्यधिक स्वच्छता र केही मात्रामा सामाजिक दुरी कायम गरियो । त्यस्तै तेस्रोमा आधा दर्शकमात्रै राखेर प्रत्येकलाई १.५ मिटरको दुरीमा राखियो ।

कार्यक्रममा सरिक हुनुअघि प्रत्येकको कोभिड–१९ परीक्षण गरियो । उनीहरु सबैलाई फेस मास्क र सामाजिक दुरी पालना भए नभएको परीक्षण गर्न ट्र्याकिङ डिभाइस पनि दिइयो । अनुसन्धानकर्ताले दर्शकले धेरैजसो छोइरहने स्थानमा फ्लूरोससेन्ट डिस्इन्फेक्टेन्टको पनि प्रयोग गरेको बताइन्छ ।

‘डाटा जम्मा गर्ने काम निकै राम्रोसँग अघि बढिरहेको छ तसर्थ हाम्रो डाटा गुणस्तरको छ । मानिसहरुको मुड पनि निकै राम्रो थियो र दर्शकले मास्क र डिस्इन्फेक्टेक्ट प्रयोगमा अपनाएको अनुशासन सराहनीय छ,’ अनुसन्धानका प्रमुख डा. स्टेफान मोरित्जले भने ।

गायक टिमले उक्त कार्यक्रम आफूले सोचेभन्दा सफल भएको बताए ।

‘हामीले असाध्यै रमाइलो गर्यौं । मास्कका कारण यसमा खासै उत्साह देखिँदैन भन्ने मैले सुरुमा सोचेको थिएँ तर यो अचम्मित बनाइदिने किसिमकै राम्रो थियो,’ उनले भने ।

‘यसको परिणामले हामीले चाँडै नै दर्शकको अगाडि साँच्चैको कन्सर्ट आयोजना गर्न सहयोग गर्नेछ भन्नेमा म आशावादी छु ।’

अनुसन्धानको सुरुवाती परिणाम जाडो महिनाको सुरुवात तिर प्रकाशित हुने अनुमान गरिएको छ ।

स्रोतः बीबीसी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah