स्कटल्याण्ड स्वास्थ्य सेवाले लुमिराडिएक्स नामको एक कम्पनीसँग सम्झौता गरेसँग अब विशेष प्रकारको टेस्टिङ किट प्रयोग गरेर कोरोनाभाइरसको परीक्षणको नतिजा १२ मिनेटभित्र प्राप्त गर्न सकिने बताइएको छ । यसका लागि सरकारले ३०० र्‍यापिड टेस्टिङ मसिन र पाँच लाख टेस्टमा ६७ लाख पाउन्ड खर्च गर्दैछ ।

स्वास्थ्य उपकरण बनाउने कम्पनी लुमिराडिएक्सले यो सम्झौता अनुरुप स्टरलिङमा रहेको आफ्नो कारखानाा विशेष परीक्षण स्ट्रिप बनाउनेछ ।

यो कोरोना परीक्षणमा प्रयोग हुने मेसिन निकै सजिलै एक स्थानबाट अर्को स्थानमा लैजान सकिन्छ र सानो क्लिनिक र मोबाइल अस्पतालमा प्रयोग गर्न सकिन्छ ।

कोभिड–१९ रोग फैलाउन जिम्मेवार SARS-CoV-2 भाइरसको परीक्षणको मान्यता अमरिकी फेडलर ड्रग एडमिनिस्ट्रेशनले निश्चित गर्छ र हाल स्कटल्याण्ड र युरोपका लागि यो अन्तिम चरणमा छ ।

स्कटल्याण्ड सरकारमा मन्त्री इवान म्याक्की भन्छन्, ‘लुमिराडिएक्ससँग जुन सम्झौता भएको छ त्यस अनुरुप हाम्रो स्वास्थ्य सेवा एजेन्सीका लागि १२ मिनेटमा हुने कोरोना टेस्टिङको सामान दिनेछ । भाइरसविरुद्धको युद्धमा यो महत्वपूर्ण छ ।’

‘यने टेस्टमा विशेष प्रकारको टेस्टिङ डिभाइसमा विशेष प्रकारको स्ट्रिपको प्रयोग हुनेछ जुन स्कटल्याण्डमा नै बन्नेछ । यसले यहाँ मानिसहरुका लागि रोजगारको मौका बन्नेछ र यसका साथै हाम्रो उद्योग पनि बलियो हुनेछ ।

यो परीक्षणमा नाकबाट लिइएको स्वाबको परीक्षण कोभिड–१९ एन्टिजन प्रोटिनका लागि गरिनेछ । परीक्षण्को नतिजा १२ मिनेटमा नै आउनेछ ।

अन्य र्‍यापिड एन्टीजनको तुलनामा यसको नतिजा चाँडै आउने अनुमान गरिएको छ । यो टेस्टिङ डिभाइस क्लाउन्ड सिस्टमसँग जोडिएको हुनेछ ताकि स्वास्थ्य अधिकारी भाइरसको विस्तारबारे चाँडै नै जानकारी प्राप्त गर्न सक्नेछन् ।

लुमिराडिएक्सका मुख्य कार्यकारी रान ज्वानगिजगरले भने, ‘यसको नतिजा छिटो मात्र हुने छैन यसको नतिजा पनि सटिक हुनेछ र यसको आधारमा बिरामीको उपचार चाँडै नै हुन सक्नेछ ।’ स्रोतः बीबीसी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah