दमक। झापाको दमकमा रहेको लायन्स क्लब अफ दमक इष्टर्न लायन्सले एक क्यान्सर पिडितलाई आर्थिक सहयोग गरेको छ । दमक नगरपालिका वडा नम्बर ३ गोलाटार घर भएका ५ वर्षीय विरामी बबिस अधिकारीको उपचारका लागि सो लायन्समा आबद्ध लायन्सकर्मीहरुले नगद ५० हजार सहयोग गरेका हुन् । उनी विगत २ महिना देखि ब्लड क्यान्सरका कारण पिडित छन् । क्लबले उनको पिडा सहन नसकेको भन्दै सहयोग गरेको जनाएको छ ।










