जापानका प्रधानमन्त्री शिन्जो आबेले स्वास्थ्यको कारण देखाउँदै शुक्रवार राजीनामा दिने जापान टाइम्स पत्रिकाले लेखेको छ ।
आबेलाई अल्सरेटिभ कोलिटिस नामक रोग लागेको र हालैका दिनमा उनी अस्पताल गइरहनुुपरेको थियो । पछिल्लोपटक उनी अस्पतालमा लगभग आठ घन्टा बसेका थिए ।
सन् २००७ मा पनि उनलाई यही रोगले कार्यकालको एक वर्षमै राजीनामा दिन बाध्य बनाएको थियो ।
आबेको कार्यकाल सेप्टेम्बर २०२१ सम्म भए पनि स्वास्थ्यका कारण समयअगावै उनले राजीनामा दिनुपर्ने भएको हो ।
शुक्रवार राज्यका नाममा सम्बोधन गर्दै उनले आफ्नो स्वास्थ्यस्थितिका बारेमा जानकारी दिँदै राजीनामा दिने बताइएको छ ।



