दमक। झापाको दमकमा मुख्य कार्यालय रहेको सहयोगी हात नेपालले एक महिलाको उद्धार गरेको छ । बेवारीसे अबस्थामा रहेकी ति महिलालाई कमल गाउँपालिका ५ बाट उद्धार गरी विराटनगर स्थित मानव सेवा आश्रममा पुर्याइएको संस्थाका अध्यक्ष छबि बास्कोटाले सवाल नेपाललाई जानकारी दिनुभयो ।

उहाँका अनुसार उद्धारमा संस्थाको वरिष्ठ उपाध्यक्ष रमा लिम्बु, सचिव रमेश अधिकारी लगायतको उपस्थिति रहेको थियो । संस्थाले सामाजिक कार्य गर्दै आएको छ ।