अमेरिकाका कोरोनाका वरिष्ठ विशेषज्ञ तथा ह्वाइट हाउस कोरोनाभाइरस टास्क फोर्सका सदस्य डाक्टर एन्थोनी फाउचीले बिहिबार कोभिड–१९ को भ्याक्सिन अक्टोबरसम्म तयार भएर आउने सम्भावना निकै कम भएपनि यो असम्भव भने नभएको बताएका छन् ।

सिएनएनलाई दिएको अन्तरवार्तामा फाउचीले भने, ‘धेरैभन्दा धेरै मानिसहरुले नोभेम्बर–डिसेम्बरसम्म कोरोनाको भ्याक्सिन आउने आशा राखेको भन्ने मलाई लाग्छ ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

फाउचीलाई संसारले कहिलेसम्म भ्याक्सिन पाउला त भनेर सोधिएको प्रश्नमा उनले भने, ‘अक्टोबरसम्म भ्याक्सिन आउला भनेर अनुमान त गर्न सकिन्छ तर मलाई यस्तो होला भन्ने लाग्दैन ।’

स्रोतः बीबीसी