तेल अभिभको मुख्य चौबाटोमा बिहिबार एउटा ड्रोनले गाँजाका पाकेटहरु खसाल्यो । इजराइलमा गाँजालाई वैध गर्नुपर्ने माग राख्ने अभियन्ताले सोसल मिडियामा निःशुल्क गाँजा प्रदान गरिने बाचा दिएसँगै ड्रोनमार्फत् गाँजा खसालिएको हो ।

प्रहरीका अनुसार रबिन स्क्वायरमाथि क्वाडकोप्टर उडाउने दुई पुरुषलाई पक्राउ गरिएको छ । रबिन स्क्वायरमा विभिन्न विरोध प्रदर्शन र राजनीति सभाको आयोजना गर्ने गरिन्छ ।

‘समय आएको छ,’ ग्रिन जोन ड्रोन प्रो–लिगलाइजेशन समूहले भन्यो । ‘के यो चरा हो ? के विमान हो ? होइन, यो त हरियो ड्रोन हो जसले तपाईंहरुलाई आकाशबाट निःशुल्क गाँजा उपलब्ध गराएको छ ।’

प्रहरीले एक वक्तव्य जारी गर्दै आफूले ती पाकेटमा ‘डरलाग्दो ड्रग्स’ हुनसक्ने आशंका गरेको बताउँदै अधिकारीले दर्जनभन्दा बढी पाकेट भेटेको बताए । प्रहरीले जारी गरेको तस्बिरमा ती पाकेटभित्र गाँजा रहेको देख्न सकिन्छ ।

म्यारिभ वेबसाइटले प्रहरी आउनुअघि केही मानिसहरुले उक्त पाकेट लिएको तस्बिर प्रकाशित गरेको छ । बाटोमा खसेका पाकेट लिन मानिसहरु व्यस्त सडकमा हिँडिरहेको फुटेज पनि प्रशारण भएको छ ।

इजराइलमा चिकित्सा क्षेत्रमा गाँजाको प्रयोग वैध गरिएको छ । यद्यपि, मनोरञ्जनात्मक प्रयोगमा भने रोक लगाइएको छ । – रोयटर्स

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah