दमक—६, झापा/ बिगत लामो समयदेखी शैक्षिक क्षेत्रमा योगदान पु¥याइरहेको दमक—६ स्थित ग्लोबल एजुकेशनल एकेडेमीले शैैक्षिक सत्र २०७७÷७८ को लागि बिज्ञान, व्यवस्थापन, मानविकी तथा शिक्षा संकायमा भर्ना खोलेको छ ।

 

 

झापा जिल्ला तथा पुर्वाञ्चलमै उत्कृष्ट नतिजा ल्याउन सफल उक्त एकेडेमी विद्यार्थिको पहिलो आकर्षणको गन्तव्य बन्न सफल भएको छ । गतवर्ष बिज्ञान संकायबाट संयम साम्बा (३.७८) जि.पि.ए, व्यवस्थापन संकायमा सन्ध्या घिमिरे (३.६५) जि.पि.ए. तथा मानविकी संकायमा निकिता खत्रीले झापा जिल्लामै उत्कृष्ट नतिजा ल्याउन सफल भएको उक्त एकेडेमीका प्राचार्य गुणराज अधिकारीले जानकारी दिए । विगत लामो समयदेखी ऋयखष्म ( ज्ञढ को प्रकोप खेप्दै गर्दा पनि विद्यालयले अनलाइन माध्यमबाट निरन्तर कक्षा संचालन गरीरहेको उक्त एकेडेमीका अध्यक्ष खेम प्रसाद भण्डारीले जानकारी दिए ।

 

 

उक्त एकेडेमीले लामो समयदेखि अध्यापनरत विषयगत विशिष्टता हासिल गरेका शिक्षकहरुद्वारा पठनपाठन गराइनुका साथै विभिन्न कार्यशाला, अध्ययन अवलोकन, इंटर्नशिप ९क्ष्लतभचलकजष्उ० परियोजना कार्य आदी द्वारा विद्यार्थीहरुको बौद्धिक उन्नयनका साथै कार्यसम्पादन क्षमता वृद्धि गर्ने जस्ता कार्य निरन्तर रुपमा गर्दै आएको छ ।

 

 

अतिरीक्त कृयाकलाप, मनोरञ्जन, खेलकुद मा समेत उक्त एकेडेमी विभिन्न पुरस्कारबाट पुरस्कृत हुँदै आएको छ । गतवर्ष आयोजित पुर्वाञ्चल मा.वी. स्तरीय भलीबल प्रतियोगीतामा छात्रा तर्फ प्रथम भएको उक्त एकेडेमीले अन्य विभिन्न प्रतियोगीतामा सहभागी भइ बिभिन्न पुरस्कार बाट पुरस्कृत हुँदै आइरहेको छ । विद्यार्थीहरुको स्वास्थ्य तथा मानसिक स्वास्थ्यको लागि समय समयमा आँखा तथा दन्त शिविर र योगा तथा मोटिभेसनल कक्षा संचालन गर्दै आइरहेको छ । सामान्य ज्ञान, साँस्कृतिक कार्यक्रम तथा बक्तृत्वकला प्रतियोगिता आयोजन गर्ने उक्त एकेडेमीले विद्यार्थी स्वागत तथा विदाइ कार्यक्रम गर्ने गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय