काठमाण्डाै - अमेरिकाको ओरिगन राज्यको जंगलमा लागेको डढेलोमा दशौं हजार मानिस विस्थापित भएका छन् । गर्भनर केट ब्राउनले डढेलोमा कयौँ मानिस हराएका बताउनु भएको छ ।

उहाँका अनुसार प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई सुरक्षित ठाउँमा बस्न आग्रह गरिएको छ । ४० हजार मानिसलाई सुरक्षित ठाउँमा सर्न भनिएको हो । अमेरिकाका १२ राज्यमा डढेलो विस्तार हुने क्रममा छ । डढेलोका कारण ओरिगनका चारसहित अहिलेसम्म ११ जनाको ज्यान गएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

डढेलोको जोखिमका कारण मानिसहरु घर बाहिर रहेको मौका छोपी लुटपाटका घटना पनि बढेका खबरमा उल्लेख छ ।