किम जोङ उनले उत्तर कोरियाली सेनाको प्रशंसा गरेका छन् । हालै आएका तुफानका कारण ध्वस्त भएका गाउँको पुनर्निर्माण गरेकोमा उनले सेनाको प्रशंसा गरेका हुन् ।

काङबुक–री गाउँमा प्राकृतिक विपतका कारण भएको विनाशका सबै अवशेषहरू सेनाले हटाएको भनी सरकारी समाचार संस्थाले दाबी गरेको छ । अनि सेनाले त्यहाँ समाजवादी परीलोक बनाएको भनी लेखिएको छ ।

किमले उक्त नयाँ गाउँको भ्रमण गरेर आफूले भिन्नै संसार देखेको जस्तो लागेको बताए । पहिला त्यो पिछडिएकोले दयालाग्दो थियो अनि प्राकृतिक विपतले त्यसलाई क्षति पुर्‍याएको थियो, उनले भने ।

उत्तर कोरियामा हालैका हप्ताहरूमा तीनवटा तुफान आएका छन् जसले गर्दा देशका धेरै भूभागमा क्षति पुगेको छ । कृषियोग्य जमीन ध्वस्त हुँदा खाद्य संकट आउने डर बढेको छ ।

यो वर्ष सार्वजनिक स्थानमा त्यति नदेखिएपछि किमका विषयमा अनेकौं अनुमान चलेका थिए । तर हालैका दिनमा उनी बाक्लै गरी देखिन थालेका छन् र पुनर्निर्माण प्रक्रियामा सहभागी छन् ।

शनिवार उनी दक्षिणमा रहेको अन्पा काउन्टीमा देखिएका थिए । आँधीले क्षति पुर्‍याएको स्थानको मर्मत गर्नका लागि उनले कामदारहरूलाई निर्देशन दिएको देखिन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय