काठमाडौं, ३० भदौं । सरकारले लामो दूरीको यातायात असोज १ गतेदेखि नै खुलाउने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

व्यवसायीले साविकको भाडा दरमा ५० प्रतिशत बढाएर लिन सक्ने मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।

संक्रमणको जोखिम बढेको अवस्थामा स्थानीय प्रशासनले आवश्यक निर्णय लिन सक्ने जनाइएको छ । संक्रमण एकदेखि अर्कोमा सर्न नदिन बसको एक लहरको सिटमा एक जना मात्र बस्न पाइने जनाइएको छ ।

यता यातायात व्यवसायीहरुले पनि लामो समयदेखिको लकडाउन र लगतैको निषेधाज्ञाका कारण आफूहरुको व्यवसाय चौपट भएको भन्दै असोज लगतै सार्वजनिक यातायात सञ्चालनमा ल्याउने जानकारी गराउँदै विभिन्न जिल्लाका स्थानीय प्रशासनमा ध्यानाकर्षपत्र बुझाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय