चीनको मेनल्याण्डमा बिहिबार कोभिड–१९ का ३२ नयाँ संक्रमित भेटिएका छन् । चिनियाँ स्वास्थ्य अधिकारले शुक्रबार दिएको जानकारीमा भेटिएका नयाँ संक्रमितको संख्या एक महिनापछिको सबैभन्दा धेरै भएको बताएका छन् । अघिल्लो दिन अर्थात् बुधबार यहाँ ९ नयाँ संक्रमित भेटिएका थिए ।

हुन त यो संख्या तुलनात्मक रुपमा कम नै हो तरपनि अगस्ट १० पछिको सबैभन्दा धेरै संख्या यहि नै हो ।

नेशनल हेल्थ कमिशनले एक वक्तव्य जारी गर्दै भेटिएका सबै नयाँ संक्रमित बाहिरबाट आएको जानकारी दिएको छ । संक्रमितमध्ये १३ जना उत्तर–पश्चिम सान्क्सी प्रान्तका हुन् भने १२ जना साङ्घाइका हुन् ।

चीनको मेनल्याण्डमा अगस्टको मध्यदेखि नै स्थानीय संक्रमित छैनन् ।

साङ्घाइको सरकारले शुक्रबार १२ मध्ये ९ नयाँ बिरामी – सबै चिनियाँ नागरिक– सेप्टेम्बर १६ मा विमानमार्फत् मनिलाबाट साङ्घाई यात्रा गरेको बताएको छ ।

साङ्घाइले विमानको नाम भने खुलाएको छैन । यद्यपि, एउटा नयाँ विज्ञप्ति जारी गर्दै साङ्घाईले मनिला–साङ्घाई यात्रा गर्ने दुईवटा फ्लाइट कोभिड–१९ को जोखिमका कारण रद्द गरेको जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah