नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेपालको ४० औं प्रधानमन्त्री बन्दैछन् । नेपालको इतिहासमा चौँथो पटक उनी प्रधानमन्त्री बन्न लागेका हुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार पदबाट राजिनामा दिएपछि देउवालाई प्रधानमन्त्रीका लागि बाटो खुला भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको तत्कालिन सरकारको साथ छाडेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपाली काँग्रेसको समर्थनमा नेपालको ३९ औं प्रधानमन्त्री चुनिएका थिए । नौ महिनापछि काँग्रेसलाई सत्ता हस्तान्तरण गर्ने पूर्व सहमतिअनुसार नै प्रधानमन्त्री प्रचण्डले बुधबार आफ्नो नैतिकताको आधारमा राजिनामा दिएको घोषणा गरेका थिए ।

नौ महिनाभित्र प्रचण्ड नेतृत्वको सरकारले स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने र बाँकी नौ महिना काँग्रेस नेतृत्वको सरकारले संघ र प्रदेशको निर्वाचन गर्ने काँग्रेस र माओवादी केन्द्रबीच सहमति भएको थियो । तर एकै चरणमा निर्वाचन नभएपछि प्रचण्डले पहिलो चरणको निर्वाचन सम्पन्न गरी राजिनामा दिने सहमति दुई पार्टीबीच भएको थियो ।

नेपाली राजनीतिमा राजनीतिक इमानको कमी हुँदै आएको भन्दै प्रचण्डले वचनको भरोसा कायम राख्न राजिनामा घोषणा गरेको बताएका थिए । सिंहदरबारबाट राष्ट्रका नाममा सम्बोधन गरी राजिनामाको घोषणा गरी प्रचण्डले बुधबार नै राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजिनामा पत्र बुझाएका थिए ।

अब राष्ट्रपति भण्डारीले राजिनामा स्वीकृत गरी नयाँ सरकार गठनका लागि दलहरुलाई आह्वान गर्नेछिन् । संविधानअनुसार राष्ट्रपतिले सहमतिको सरकार गठनका लागि संसदमा प्रतिनिधित्व गरेका दलहरुलाई एक साताको समय दिनेछिन् । एक सातासम्म पनि सहमति जुट्न नसकेमा पुनः बहुमतको सरकार गठनका लागि राष्ट्रपतिले आह्वान गर्न सक्नेछिन् ।

आलोपालो सरकार गठन गर्ने काँग्रेस र माओवादी केन्द्रबीच यसअघि नै सहमति भएकाले सबै दलको सहमतिमा सरकार गठन हुने सम्भावना न्यून छ । नेपाली काँग्रेसको संसदीय दलका नेता नै प्रधानमन्त्री बन्ने प्रावधान रहेकाले काँग्रेस सभापति देउवा नेपालको भावी प्रधानमन्त्रीका रुपमा लिइएको छ ।

संविधानको प्रक्रियाअनुसार जेठ ३१ का लागि तोकिएको दोस्रो चरणको स्थानीय तह निर्वाचन भन्दा झण्डै एकसाता अघि देउवा नेपालको इतिहासमै तेस्रो पटक ‘प्रधानमन्त्री’ बन्नेछन् । देउवा एक राम्रो नेतृत्व हाक्न सक्ने व्यक्तीत्व हुन । यसअघि उनले तेस्रो पटक सम्म सरकार चलाउँदा कतिपय विवादित निर्णय गरे भने कतिपय राम्रो काम समेत गरेका थिए । उनी यसअघि प्रधानमन्त्री बन्नु भन्दा अहिले परिस्थीति बेग्लै छ ।

देउवाले सरकार चलाउँदा अब संविधान कार्यान्वयनलाई मुख्य रुपमा हेर्नुपर्ने देखिन्छ । त्यस्तै, शान्ती, विकासमा पनि उनको सरकारको ध्यान जान जरुरी छ । दोस्रो चरणको निर्वाचन सबैलाई मिलाएर सम्पन्न गर्नूपर्ने उनको काघमा देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah