दमक। संविधान दिवसको अबसरमा झापाको दमकमा पनि दीप प्रज्वल गरिएको छ । देशका विभिन्न शहर तथ चोकहरुमा दीप प्रज्वल गरी संविधान दिवस मनाउने क्रममा दमकको फाल्गुनन्द चोकमा दीप प्रज्वलन गर्दै संविधान दिवस मनाएको छ ।
सामाजिक कार्य गर्दै आएको पहिलो पाईला दमकको अगुवाईमा दीप प्रज्वलन गरिएको हो । संविधान दिवसको खुसियालीमा दीप प्रज्वलन गरिएको पहिलो पाईलाका अध्यक्ष दीपक खड्काले सवाल नेपाललाई प्रतिक्रिया दिनुभयो । दीप प्रज्वलनमा पहिलो पाइलाका अन्य पदाधिकारीसहित केहि सर्वसाधारणको पनि सहभागिता रहेको थियो ।




