प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रिपरिषद् पुनर्गठनको विषयमा छलफल भएको छ । सोमवारका लागि तय भएको सचिवालयको बैठक स्थगित भएपछि दुई अध्यक्षबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।

आइतवार बसेको सचिवालय बैठकले सरकारको काम प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठन गर्ने सैद्धान्तिक सहमति गरेको थियो । सोहीअनुसार अध्यक्षद्वयबीच सोमवार पनि छलफल भएको हो । मंगलवार बस्ने सचिवालय बैठकको तयारीस्वरूप दुई अध्यक्षको छलफल भएको नेकपा स्रोतले बतायो ।

आइतवारको बैठकमा ओलीले मन्त्रिपरिषद् पुनर्गठनका तीन विकल्प पेश गरेका थिए । सबै मन्त्री हटाएर नयाँ नियुक्त गर्ने, दुई वर्ष पूरा भएकालाई हटाउने या राम्रो काम गरेकालाई बाँकी राखेर केहीलाई हटाउने प्रस्ताव ओलीले गरेका थिए ।

सोमवार स्थगित बैठक मंगलवार दिउँसो बालुवाटारमा बस्ने गरी तय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी गराएका छन् । लोकान्तर बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय