दमक/ लायन्स क्लव अफ इन्टरनेशन ३२५ ए वान अन्र्तगत ज्ञाननाथ  पौडेलको संयोजन रहेको जोन अन्तरगतका क्लवहरुको प्रथम एड्भाइजरी कमिटीको बैठक सम्पन्न भएको छ । दमकको सगम स्वीट्समा भएको बैठकमा लायन्स क्लव अफ इन्टरनेशन ३२५ ए वानका लोकप्रीय लिडर रेवतबहादुर कार्कीको पनि उपस्थिति रहेको थियो । कार्कीले लायन्सले अब गुणात्मक कामहरुमा जोड दिनु पर्ने बताए ।

सेवाको क्षेत्रमा निस्वार्थ रुपमा लायन्समा लागेका आफु लायन्सहरु अब समाजमा उदाहरणिय छाप राख्ने कार्यक्रमहरुमा ध्यान केन्द्रित गर्न अनुरोध गरे । उनले दमकमा लायन्स क्लवहरुको सक्रियता अत्यन्त राम्रो भएको भन्दै प्रंशशा पनि गरे ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जोन चियर पर्सन ज्ञाननाथ पौडेलले क्लवहरुले छोटो समयमा राम्रो काम गरेको भन्दै थप शशक्त भएर सेवाको क्षेत्रमा लाग्नु पर्नेमा जोड थियो ।  बैठकको संयोजन लायन्स क्लव अफ दमक लखनपुरले गरेको थियो । सो अवसरमा लायन्सकर्मी काशी खातीको जन्मदिन पनि मनाईएको थियो ।