स्वतन्त्र रास्ट्रीय अभियान नेपालले हिजो झापा जिल्ला अन्तर्गत अर्जुनधारा नगर समिति गठन गरेको छ। देशब्यापी आफ्नो समिति बिस्तार गर्ने क्रममा झापा जिल्ला समिति सम्योजक इशु श्याम नेपालको आतिथ्य र राम मिश्रको सम्योजकत्वमा एघार सदस्सीय समिति गठन गरिएको छ।

कार्यक्रममा शिवशताक्षी नगर प्रमुख नवराज सुबेदि र भद्रपुर नगर समिति सदस्य गोविन्द प्याकुरेलको समेत उपस्थिति थियो भने दमक नगर समिति सचिव निर्मल उप्रेतीले कार्यक्रम सन्चालन गरेका थिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जिल्ला सम्योजक इशु श्याम नेपालले अभियानको उद्देश्य प्रस्टियाउदै देशभरि तिव्र गतिमा समिति गठन भैरहेको जनाए। त्यसै गरि सामाजिक अभियन्ता गणेशमान गिरिले नव गठित समितिलाइ बधाई सहित आफ्नो मन्तव्य राखेका थिए। स्वतन्त्र रास्ट्रीय अभियानले राइट टु रिजेक्ट - राइट टु रिकल , दुइदलिय ब्यवस्था, उन्नत लोकतन्त्र - प्रत्यक्ष प्रजातन्त्र सहितका माग राखि विभिन्न कार्यक्रम हरु गर्दै आइरहेको छ।