भारत र चीनबीच सीमामा तनाव छ । यस विषयमा टिप्पणी गर्दै भारतीय वायुसेनाका प्रमुख एयर चीफ मार्शल आरकेएस भदौरियाले उत्तर सीमामा रहेको सुरक्षा परिदृश्य असहज छ भने । ‘त्यहाँ न युद्धको स्थिति छ, न शान्ति छ ।’

 

उनले भने, ‘हाम्रा सुरक्षाफौज कुनै पनि सम्भावित चुनौतीको सामना गर्न हामी तयार छौं । वायुसेना कुनै पनि दुस्साहसको जवाफ दिन संकल्पित छ । भविष्यमा हुने कुनै पनि संघर्षमा वायुशक्ति हाम्रो जीतमा महत्त्वपूर्ण कारण हुनेछ ।’

वायुसेना प्रमुखले पहिलेदेखि नै रहेका सी–१७ ग्लोबमास्टर, चिनूक र अपाचे हेलिकप्टरसँगै राफेल लडाकू विमानले वायुसेनाको सामरिक र रणनीतिक क्षमता बढाएका छन् ।

 

फ्रान्ससँग किनेका राफेल विमान पूर्वी लद्दाखमा उडाइएका छन् । स्वदेशी सैन्य उपकरण पनि बनिरहेकाले आफूहरूको क्षमता देखिएको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah