दमक। पहिलो पाईला दमक शाखाले आफ्नो संस्थाका द्धितीय उपाध्यक्ष सुरेश बरालको जन्म दिनको अबसरमा सरसफाई र सचेतना मुलक कार्यक्रम तथा डष्टबिन वितरण गरेको छ । पहिलो पाईलाले इलामको पाथीभरा मन्दिर परिसर तथा लभ डाँडामा सरसफाई तथा डष्टबिन वितरण गरेको हो ।
उसले सरसफाइपछि मन्दिर परिसरमा ३ ओटा डष्टबिन र लभ डाँडामा एक ओटा डष्टबिन राखेको सचिव मेघनाथ फुँयालले सवाल नेपाललाई जानकारी दिनुभयो । त्यस्तै लभ डाँडामा रहेको झण्डा पनि फेरेको फुँयालले बताउनु भयो । संस्थाका अध्यक्ष दिपक खड्काले पहिलो पाईला सामाजिक कार्य गर्नकै लागि स्थापना भएकाले सामाजिक कार्यलाई अझै बढाउँदै जाने बताउनु भयो ।
उहाँले संस्थाले जोरकलशमा ट्राफिक सचेताको बोर्ड राखेको पनि बताउनु भयो । संस्थाका द्धितीय उपाध्यक्ष बरालले आफ्नो जन्मदिनमा इलाममा सचेतना तथा सरसफाई कार्यक्रम गर्ने यसअघिनै घोषणा गरेका थिए । पहिलो पाईला टिमले बरालको जन्मदिन पनि उतै मनाइदिएको छ । संस्थाले स्थापना कालदेखिनै सामाजिक कार्य गर्दै आएको छ ।











