दमक/ सामाजिक कार्य गर्दै आएको पहिलो पाईला नेपालले झापाको दमकका विभिन्न स्थानमा सरसफाई गरेको छ । अध्यक्ष दिपक खड्कासहित कुचो बोकेर निक्लिएको टोलीले दमकको उद्योग बाणिज्य संघ, रेडक्रस कार्यालय, सर्पदंश सेवाकेन्द्र, पञ्चायत रजत जयन्ती स्तम्भ तथा रोज गार्डेन पार्क क्षेत्रको सरसफाई गरेको हो ।

दमक क्षेत्रको फोहोर व्यवस्थापनमा जुटेको पहिलो पाइलाका अध्यक्ष खड्काले आफ्नो ठाउँ आँफैले सफाइ गर्नु पर्ने बताउनु भयो । उहाँले भन्नु भयो हामीले नै हो, हाम्रो ठाउँको सरसफाई गर्ने । उहाँले फोहोर डष्टबिनमा फाल्ने बानीको विकास गर्नपनि अनुरोध गर्नु भएको छ । खड्काले भन्नु भयो, त्यसो भयो भने हामीले हाम्रो ठाउँ फोहोर र दुर्घन्धित हुनबाट बचाउँने छौ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नगरपालिकाले पाथवेलाई फोहोर संकलन गर्ने जिम्मा दिएपनि नगरका मुख्य क्षेत्रहरुमा फोहोरको थुप्रो जम्मा हुनेगरेकाले पछिल्लो क्रममा पहिलो पाईलाको टिमले त्यस्ता स्थानको सरसफाई गर्दै आएको छ । यसअघि पहिलो पाईलाले दमक चौक क्षेत्रको सरसफाई गरेको थियो ।