दमक/ झापाको दमकमा प्रधान कार्यालय रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको ११ औं बार्षिक साधारण सभा शुरु भएको छ । कोरोना भाइरस संक्रमणका कारण साधारण सभा आगामी कार्तिक २ गते समापन हुनेछ । सहकारीले दमक ६ स्थित आफ्नै भवनमा ११ औं बार्षिक साधारण सभाको एक औपचारीक कार्यक्रमकाबीच उद्घाटन गरेको छ ।
अध्यक्ष रवी न्यौपानेको अध्यक्षतामा उद्घाटन भएको साधारण सभामा अध्यक्ष न्यौपानेले २०७६/०७७ को प्रतिवेदन तथा ०७७/०७८ को भावि लक्ष्य, योजना तथा निती तथा कार्यक्रम प्रस्तुत गर्नु भयो । प्रतिवेदनमा कोरोना संक्रमणका कारण अपेक्षीत उपलब्धी हासिल गर्न नसकेपनि १७ प्रतिशत हाराहारीमा कारोबार बृद्धि भएको उल्लेख गरिएको छ भने करिब ५२ करोड भन्दा बढी बचत संकलन भएको उल्लेख गरिएको छ ।
त्यस्तै ४७६६ शेयर सदस्य रहेको संस्थाले ७ करोड ४० लाख भन्दा बढी शेयर संकलन गरेको छ । ८ करोड ८० लाख कोष निर्माण गरेको संस्थाले ६५ करोड भन्दा बढी ऋण लगानी गर्दै ७९ करोड भन्दा बढीको कारोबार गरेको छ । अघिल्लो बर्ष ६,६४,२६,१०० चुक्ता शेयरपुँजी रहेको संस्थाको यस वर्ष चुत्ता शेयरपुँजी ७४,४२,०,९०० पुगेको छ भने संस्थाले ६५८४१०५०८.५० ऋण लगानी गरेको छ भने ७९०१२८३७३.८४ को कारोबार गरेको छ ।
त्यस्तै संस्थाले गत आर्थिक बर्षमा विभिन्न शिर्षकमा गरी ५६ लाख ७० हजार ३ सय ३७ रुपैयाँ ३३ पैसा कर बुझाएको छ । त्यस्तै अघिल्ला वर्षहरुमा जस्तै यस वर्ष पनि कर्मचारीहरुको मनोवल बढाउन बोनस वितरण गर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ भने यस आर्थिक वर्षमा संस्थाका गौरादह, विर्तामोड र बुद्धशान्ति गरी तीन स्थानीय तहमा सेवा केन्द्र संचालन गर्ने जनाएको छ ।
साथै ३० गते सम्म संस्थाका शेयर सदस्यहरुले आफ्ना सुझाव सल्लाह राख्न सक्ने सस्थाले जनाएको छ । १ गते सुझाव सल्लाह उपर छलफल गरिने र २ गते ११ औं साधारण सभा समापन गरिने संस्थाका अध्यक्ष रवी न्यौपानेले जानकारी दिनुभयो ।
उद्घाटन समारोहमा संस्थाका सचिव बुद्धिसागर बराल, कोषाध्यक्ष चन्द्रमाया अधिकारी, संचालक समितिका तुलसीराम प्रसाई, प्रेम कुमारी रिजाल लगायत शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।





