थाइल्यान्डको राजधानी बैंककभन्दा ५० किलोमिटर पूर्वतिर चाचोएङसाओ प्रान्तमा एक बस र ट्रेन जुध्दा कम्तीमा १७ जना यात्रु मारिएका छन् भने एक दर्जनभन्दा बढी घाइते भएका छन् ।

बसका यात्रुहरू बौद्ध पर्व मनाउन एक मन्दिरतिर जाँदै गर्दा दुर्घटना भएको हो ।

घटना आइतवार बिहान ८ बजे भएको हो ।

प्रान्तका गभर्नर मैत्री त्रितिलानोन्दले लगभग २९ जना घाइते भएको पत्रकारहरूलाई बताए ।

उद्धारकर्मीहरूले खिचेको तस्वीरमा कुच्चिएको धातु र अवशेषहरू देखिन्छ । लाशहरू ट्रेनको ट्य्राकमा रहेको र मानिसका सामानहरू छरिएको देखिन्छ ।

बस पूरै पल्टेको थियो र त्यसको छत च्यातिएको थियो । बसलाई उचाल्न क्रेन आवश्यक परेको उद्धारकर्मीहरूले बताए ।

घाइते तथा मृतकको संख्या बढ्न सक्ने बताइएको छ ।

थाइल्यान्डमा यस्ता घातक दुर्घटनाहरू भइरहन्छन् । उक्त देशका सडकहरू संसारकै सबभन्दा खतरनाकमध्ये पर्छन् । तीव्र गतिमा गाडी कुदाउने, मदिरा सेवन गरेर गाडी चलाउने र कमजोर कानून कार्यान्वयन लगायतका कारण दुर्घटनाहरू हुने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah