केबि महरा/काठमाडौ :-यहाँ प्रस्तुत दृश्यमा बसिरहेका हरु झट्ट हेर्दा कुनै कार्यक्रममा सहभागी बन्नकालागी लाईनमा पर्खिरहेका जस्तै देखिन्छन्।तर ती सबैको मुहार हेर्दा कारुणिक र जोकोहिको मन भक्कानो फुटेर आउँछ ।

जीवन केही होइन रहेछ जस्तै लागेर आउँछ !

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कोभिड-19 को महामारी पछि उनिहरुको साँझ-बिहानको दुईगाँस खाना समेत खोसिएको छ । जेनतेन साउको ज्याला गरेर गर्जो टार्दै आएका यस्ता थुप्रैको मनमा त्यस्तो ठूलो केही अभिलाषा छैन ।नत कुनै रहर हरुनै बाँकी छन् ।

जीवन बाँच्नका लागि बेसहारा भई भौँतारी रहेका यी जनताहरुलाई आफ्नो मौलिक अधिकार के हो ?, भनेर सरकार सङ्ग प्रश्न गर्ने कुनै सामर्थ्य राख्दैनन् उनिहरु ।

जनता भने यसरी एक गाँस खानकै लागि सडकमा आक्रान्त छन,तड्पिरहेका छन् तर सिंहदरबार लाई कहिल्यै दुख्द्दैन ।

"जनताको अधिकार स्थापितकै लागि थुप्रैले बलिदानी दिएको मुलुकमा प्रजातन्त्र,लोकतन्त्र हुँदै गणतन्त्र सम्म आईपुग्दा गरिब,दुखी,असहायहरुको लागि सोचिदिने कोहि भएन। " एकजना बेसहारा महिलाको जवाफ थियो यो । उनी एक प्रतिनिधि मात्रै हुन्।

कहिँकतै दुईचार मनकारी ब्यक्तिहरु भेटिएका छन् र पो तिनिहरु जस्तै बेसहारामा परेका हरुको लागि जेनतेन सहारा मिलेको छ । तन-मनले सेवा गरिरहेका छन् ती ब्यक्तिहरु जो मानव जिबनमा साँच्चिकै प्रेरणाका उदाहरण हुन्।

सेवानै मानव धर्म हो भन्ने मनसायले थोरै भएपनी गरिब ,बेसहारामा परेका हरुकोलागी आलो घाउमा मल्हम लगाउने मनसाय बोकि 'लाएन्स क्लब अफ काठमाडौ-टासी देलेक' ले ती बेसहारामा परेका हरुको लागि टुँडिखेल छेउमा रहेको पुरानो बसपार्कको खुला चौरमा बिहान ,दिउँसो गरि दुईछाक खाना खुवाई रहेका छन् ।

मनकारी संघठन लाएन्स क्लबकी एक सदस्य सुनिता देवि श्रेष्ठ ,संजिबरत्न तुलाधर लगाएतको टिमले ती बेसहारा हरुको लागि खानाको बन्दोबस्त गरिरहेको हो ।

करिब २८ जना सम्मिलित भई ३ अक्टोबर २०२० " मा लाएन्स क्लब अफ काठमाडौ टासी देलेक" ले अन्तरास्ट्रिय लाएन्स क्लबद्वारा कानुनी रुपमा मान्यता प्राप्त गरि सामाजिक सेवामा अग्रसर भई सेवा गर्दै आईरहेको लाएन्स क्लबकी प्रतिनिधि सुनिता श्रेष्ठले बताउनु भएको छ ।

साथै उनले एक मुठी चामल मात्रै भएपनि ती बेसहारामा परेका हरुको लागि सहयोग गरिदिन सबैमा अपिल समेत गरेकी छन् ।

प्रस्तुत छ लायन्स क्लब अफ काठमाडौ टासी देलेक कि प्रतिनिधि सुनिता देवि श्रेष्ठ सङ्ग गरिएको सवाल संवाद: