दमक/ दमक ४ स्थित श्री दुर्गा टोल विकास संस्थाको नेतृत्व युबाले पाएका छन । दुर्गा मन्दिर सेवा प्रतिष्ठानमा शुक्रबार भएको संस्थाको चौथो साधारण सभाले दिपेश दाहालको अध्यक्षतामा ९सदस्यीय नयाँ समिति चयन गरेको हो ।
संस्थाको उपाध्यक्षमा निर्मला पाठक ,सचिवमा पदम प्रसाद सापकोटा , सहसचिवमा मनीता आचार्य र कोषाध्यक्षमा अनीता उप्रेती चयन भएको जनाइएको छ । कार्यसमिति सदस्यहरुमा अंजना राजबंशी ,बाबुराम रिजाल,कल्पना नेपाली र गौरी सिटौला रहेका छन।
संस्थाका अध्यक्ष राजन दाहालको अध्यक्षतामा भएको कार्यक्रममा पाँच सदसीय सल्लाहकार समिति समेत चयन गरेको छ।राजेन्द्र सिटौला संयोजक रहेको उक्त समितिमा सुर्ज़े प्रसाद सिटौला,अग्नि प्रसाद भेटवाल ,दिनेश दाहाल,राजन दाहाल सदस्य रहेका छन।सो साधारण सभामा हाल सम्मको आय ब्ययको बिबरण समेत प्रस्तुत गरिएको थियो।










