छिमेकी देश भारतमा कोरोनाभाइरस संक्रमितको संख्या ७९ लाख ४४ हजार १२८ पुगेको छ । सोमबार एक दिन ३५ हजार ९३२ नयाँ संक्रमित पुष्टि भएको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार ९८ दिनपछि भारतमा ४० हजार भन्दा कम नयाँ संक्रमित पुष्टि भएको पहिलो पटक हो । यसअघि २१ जुलाइमा ३९ हजार १७० जनामा संक्रमण पुष्टि भएको थियो ।

भारतमा अहिलेसम्म ७१ लाख ९८ हजार ६६० संक्रमित निको भइसकेका छन् । संक्रमण निको हुने मामिलामा भारत विश्वकै सबैभन्दा बढी संक्रमण रहेको ५ देशमा शीर्ष स्थानमा रहेको छ । भारतमा संक्रमणमुक्त हुने दर ९०.१९ प्रतिशत रहेको छ ।
भारतपछि संक्रमणमुक्त हुने दर राम्रो भएको देशमा ब्राजिल दोस्रो स्थानमा रहेको छ । ब्राजिलको संक्रमणमुक्त हुने दर ८९.६५ रहेको छ । यस्तै रुसको ७४.८४ प्रतिशत रहेको छ । सबैभन्दा खराब अवस्थामा फ्रान्स रहेको छ । फ्रान्समा हालसम्म ९.६९ प्रतिशत संक्रमित मात्रै निको भएको समाचारमा जनाइएको छ ।

भारतमा हालसम्म १ लाख १९ हजार ५३४ संक्रमितको मृत्यु भएको छ ।

सक्रिय संक्रमितको केस भारतमा लगातार घटिरहेको छ । पछिल्लो एक सातामा १ लाख १८ हजार सक्रिय संक्रमित कम भएका छन् । अहिले देशमा ६ लाख ५५ हजार ९३५ सक्रिय संक्रमित रहेका छन् । दैनिक औषत १२ हजार सक्रिय संक्रमित घटिरहेको पनि जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah